२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रयोगात्मक सीप विकासका लागि विद्यालयद्वारा तरकारी खेती विस्तार

अ+ अ-

म्याग्दी । जिल्लाको रघुगंगा गाउँपालिका-२ भगवतिस्थित मुक्तिधाम माध्यमिक विद्यालयले प्रयोगात्मक सीप विकासका लागि तरकारी खेती विस्तार गरेको छ । प्रयोगात्मक अभ्यास, चमेना गृह र छात्रावासका लागि आवश्यक पर्ने तरकारी आपूर्तिका साथै विद्यार्थीमा व्यावसायिक र प्रयोगात्मक ज्ञान, सीप विकास गराउने उद्देश्यले तरकारी खेती विस्तार गरिएको हो ।

मुक्तिधाम माविका प्रधानाध्यापक अमरबहादुर खत्रीले वार्षिक रु. २५ हजार तिर्ने गरी भाडामा लिएर चार रोपनी जमिनमा लगाइएको तरकारीले चमेना गृह र छात्रावासको माग धान्नाका साथै बिक्री गरेर विद्यार्थीले खाजा खर्च जुटाउने गरेका बताए। यसले विद्यार्थीमा प्रयोगात्मक सीप विकास गर्नाका साथै आत्मनिर्भर बन्न प्रेरित गर्ने उनले विश्वास व्यक्त गरे ।

“कक्षा ९ देखि १२ सम्म कृषि प्राविधिक अध्ययन गर्ने ५० जना विद्यार्थीले प्रयोगात्मक अभ्यासका लागि तरकारी खेती गरेर व्यावहारिक र व्यावसायिक ज्ञान, सीप हासिल गर्नाका साथै बिक्री भएको आम्दानीबाट खाजा खर्च जुटाएका छन्”, प्रअ खत्रीले भने, “चमेना गृह र छात्रावासका लागि आवश्यक तरकारी विद्यालयकै करेसाबारीको उत्पादनले पुगेको छ ।”

करेसाबारीमा बन्दा, काउली, टमाटर, साग, सिमी, करेला, घिरौँला, अकबरे खुर्सानी, काँक्रो, ब्रोकाउली, जुकेनीलगायत मौसमी र बेमौसमी विभिन्न जातका तरकारी खेती भइरहेका छन् । “बिरुवा पनि विद्यालयले तयार पार्दै आएको छ । तीन वटा प्लास्टिकको टनेल बनाइएको छ”, उनले भने ।

गँड्यौलाको प्रयोग गरेर करेसाबारीमा आवश्यक पर्ने प्राङ्गारिक मल विद्यालय आफैँले उत्पादन गरेको कृषि प्राविधिक विषयका प्रशिक्षक गणेश चोखालले बताए । “विद्यालयको फोहर, फालिएका कापी किताब, च्याउ खेतीमा प्रयोग भएको पराल र करेसाबारीको झारपातलाई गँड्यौला भएको खाडलमा कुहाएर मल बनाउने गरेका छौँ”, उनले भने, “विद्यालय भवनको एउटा कोठामा काठको मुढामा सिताके जातको च्याउ खेती पनि गरेका छौँ ।”

मुक्तिधान माविबाट कृषि प्राविधिक विषयमा एसइई परीक्षा उत्तीर्ण गरेर कक्षा ११ मा भर्ना हुने तयारी गरेकी रेजिना भण्डारीले करेसाबारीमा काम गर्दा कक्षा कोठामा पढेको विषयवस्तु बुझ्न र सम्झन सजिलो भएको बताए । विसं २००६ मा स्थापना भएको मुक्तिधाम माविले विसं २०६५ देखि कक्षा १२ सम्म र विसं २०७२ देखि कृषि प्राविधिक विषयको पठनपाठन सञ्चालन गर्दै आएको हो ।

हाल तीन सय ५० जना विद्यार्थी अध्ययनरत रहेका मुक्ति धाममा कक्षा ६ देखि ८ सम्म विज्ञान, कम्प्युटर र गणित विषयलाई अङ्ग्रेजी माध्यमबाट पठनपाठन भइरहेको छ । यस वर्ष बेनी, पोखरा र निजी विद्यालयबाट पनि मुक्ति धाममा अध्ययनका लागि विद्यार्थी आएका प्रअ खत्रीले जानकारी दिए । विद्यालयमा पछिल्लो पटक संघीय सरकारको सहयोगमा छात्रावास भवन र रघुगंगा गाउँपालिकाको आर्थिक सहयोगमा सभा हल निर्माण गरिएको छ ।

0 Comments