२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीरगञ्जमा बजार अनुगमन : तीन होटेललाई कारबाही

अ+ अ-

पर्सा । मूल्य पारदर्शिता सप्ताहअन्तर्गत जिल्ला अनुगमन समितिको संयुक्त अनुगमन टोलीले वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा सञ्चालित होटल तथा क्यान्टिनको आकस्मिक अनुगमन तथा निरीक्षण गरेको छ ।

अनुगमनका क्रममा शुक्रबार तीन व्यवसायीले उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम कार्य नगरेको पाइएको भन्दै कारबाही गरेको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका निमित्त प्रमुख आशुतोष कुशवाहाले संयुक्त अनुगमन टोलीले वीरगञ्ज महानगरपालिका–११ मा सञ्चालित तराई क्यान्टिनका सञ्चालक दीपक शाहलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ विपरीत कार्य गरेको तथा दफा ३८ (ट) बमोजिम कसुर गरेको ठहर गर्दै दफा ३९ (१)(घ)अनुसार रु ५० हजार जरिवाना गरेको जानकारी दिए ।

यस्तै, वीरगञ्ज महानगरपालिका–१३ मा सञ्चालित ज्योति मगर होटलका सञ्चालक शेखर मगरलाई ऐनको दफा १५ विपरीत कार्य गरेको तथा दफा ३८(घ) बमोजिम कसुर गरेको पाइएकाले दफा ३९ (१) (क) अनुसार रु २० हजार जरिवाना गरिएको छ ।

सोही वडामा सञ्चालित चौधरी होटलकी सञ्चालक उर्मिला महतोलाई पनि ऐनको दफा १५ विपरीत कार्य गरेको तथा दफा ३८ (घ) बमोजिम कसुर गरेको ठहर गर्दै दफा ३९ (१) (क) अनुसार रु पाँच हजार जरिवाना गरिएको समितिले जनाएको छ ।

अनुगमनका क्रममा वीरगञ्ज–१३ मा सञ्चालित अनु देवीको व्यवसायमा केही सुधार गर्नुपर्ने देखिएकाले आवश्यक सुधारका लागि सामान्य निर्देशन दिइएको बताइएको छ । जिल्ला अनुगमन समितिले उपभोक्ताको हित संरक्षण तथा बजारलाई व्यवस्थित बनाउन अनुगमनलाई निरन्तरता दिइने जनाएको छ ।

0 Comments