२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रावाबेँसी पालिकाको भवन सम्पन्न: सेवा प्रवाह सुरु

अ+ अ-

खोटाङ । रावाबेँसी गाउँपालिकाले सुविधा सम्पन्न पक्की प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु गरेको छ । 

गाउँपालिकाको केन्द्र कुभिण्डेस्थित हरमटारका स्थानीयद्वारा नि:शुल्क उपलब्ध भएको पाँच रोपनी आठ आना जग्गामा निर्माण गरिएको साढे चारतले प्रशासनिक पक्की भवनमार्फत गाउँपालिकाले बिहीबारदेखि औपचारिक रूपमा सेवा प्रवाह सुरु गरेको हो । 

संघीय सरकारको ६० र गाउँपालिकाको ४० प्रतिशत लगानीमा गाउँपालिकाको सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत राजेश दाहालले जानकारी दिए। “यसअघि यहाँ ट्रस भवन निर्माण गरेर प्रशासनिक काम गरिरहेका थियौँ । त्यसलाई हटाएर सोही ठाउँमा सुविधा सम्पन्न पक्की भवन निर्माण गरेर सञ्चालनमा ल्याइएको छ”, उनले भने, “सभाहलको साँघुरो कोठामार्फत सेवा प्रवाह गर्दा सेवाग्राहीलाई सास्ती हुँदै आएको थियो । अहिले आफ्नै सुविधा सम्पन्न भवन बनेर सञ्चालनमा आएपछि सहज भएको छ ।”

गाउँपालिकाको उक्त भवन निर्माणका लागि ठेकेदार कम्पनी एसई-धुम-एमकेएस जेभीले ३० महिनाभित्र सक्नेगरी विसं २०८० असोज २१ गते गाउँपालिकासँग सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले सम्झौतामा तोकिएको समयभन्दा अगाडि आफूले जिम्मा लिएको काम गत चैत २१ गते सम्पन्न गरी गाउँपालिकालाई हस्तान्तरण गरेको हो । 

उक्त भवन निर्माणका लागि गाउँपालिकाले विसं २०८० वैशाख २४ गते रु आठ करोड ४४ लाख ५७ हजार २५५ मा ठेक्का आह्वान गरेको थियो । ठेकेदार कम्पनीले रु पाँच करोड ४८ लाख ४४ हजार ५८० रकममा सम्झौता गरेर प्रशासनिक भवन निर्माण गरेको गाउँपालिकाका सूचना अधिकारी एवं पञ्जीकरण शाखा प्रमुख गिरिराज रानामगरले जानकारी दिए। 

भवन निर्माणका लागि ठेक्का सम्झौता गरेको चार महिनापछि गाउँपालिकाले विसं २०८० माघ २२ गते औपचारिक रूपमा शिलान्यास गरेको थियो । उनका अनुसार महिला/पुरुष छुट्टाछुट्टै शौचालयसहित ३३३ दशमलव १७ वर्गमिटर क्षेत्रफल जमिनमा निर्माण गरिएको प्रशासनिक भवनमा २१ वटा कोठा रहेका छन् । 

नवनिर्मित प्रशासनिक भवनको औपचारिक उद्घाटन गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठ, उपाध्यक्ष कौशिला गुरुङ र प्रमुख प्रशासकीय अधिकृत दाहालले आज संयुक्त रूपमा रिवन काटेर गरेका छन्। भवन उद्घाटनअघि परम्पराअनुसार शान्ति पूजासमेत गरिएको गाउँपालिकाले जनाएको छ । 

देश संघीय संरचनामा गएसँगै साविको कुभिण्डे, खार्पा, लामीडाँडा, डुम्रेधारापानी, दुवेकोल र हौँचुर गाविसलाई समेटेर छ वटा वडा रहेको एउटा स्थानीय तह (लामीडाँडा गाउँपालिका) घोषणा गरिएको थियो । साविकको छ गाविस समेटेर छुट्टै स्थानीय तह निर्माणका लागि वर्तमान गाउँपालिकाका अध्यक्ष श्रेष्ठसहितको टोलीले विरोध गरेपछि (तत्कालीन नाम लामीडाँडा) लाई परिवर्तन गरी रावाबेँसी बनाइएको थियो ।

रावाबेँसी गाउँपालिका कृषि उत्पादनमा जिल्लाकै सबैभन्दा उर्वर भूमि मानिन्छ । यस गाउँपालिकामा निर्माणाधीन अवस्थामा रहेको संघीय सरकारको राष्ट्रिय गौरवको आयोजना ‘दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना’ निर्माणस्थल छ । हरमटारमा व्यक्तिको घर भाडामा लिएर गाउँपालिका सञ्चालन गरिएको केही समयपश्चात् गाउँपालिकाले स्थानीयबाट नि:शुल्क जग्गा प्राप्त गरेपछि ट्रस भवन निर्माण गरी सेवा प्रवाह गर्दै आएको थियो । हरमटारमा यसअघि कर्मचारी निवास, सभाहल र चिस्यान केन्द्रगरी तीन वटा पक्की भवन निर्माण भइसकेका छन् । 

0 Comments