काठमाडौँ । सरकारले पूर्व गृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित सार्वजनिक सरोकारका विषयहरूको अध्ययन तथा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ।
मन्त्रिपरिषद्को वैशाख २८ गते बसेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्यूतप्रसाद भण्डारीको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणी न्यौपाने सदस्य रहेका छन्।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)की प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार प्रतिनिधिसभा सदस्यसमेत रहेका पूर्व गृहमन्त्री गुरुङका सम्बन्धमा सार्वजनिक रूपमा उठाइएका विषयको सत्यतथ्य अध्ययन गरी सरकारलाई सुझावसहित प्रतिवेदन बुझाउने जिम्मेवारी समितिलाई दिइएको छ।
समितिलाई आवश्यक अध्ययन तथा छानबिन पूरा गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको जनाइएको छ।







