२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकामाथि स्कटल्यान्डको जित

अ+ अ-

काठमाडौँ । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज भएको खेलमा स्कटल्यान्डले अमेरिकामाथि जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा स्कटल्यान्डले अमेरिकामाथि डिएलएस पद्धतिमा दुई रनले जित हासिल गरेको हो । 

वर्षाका कारण ४७ ओभरमा छोट्याइएको खेलमा स्कटल्यान्डले प्रस्तुत गरेको ३२२ रनको विशाल लक्ष्य पछ्याएको अमेरिकाले ३२ ओभरमा २४९ रन बनाउनुपर्ने थियो । तर अमेरिका आठ विकेट गुमाएर २४६ रनमै सीमित बनेपछि स्कटल्यान्डले जित हात पार्‍यो ।

अमेरिकाका लागि साइतेजा मुक्कामल्लाले शानदार शतक प्रहार गरे । उनले ७५ बलमा ५ चौका र आठ छक्का प्रहार गर्दै १०४ रन बनाए । त्यस्तै स्मित पटेलले ५६ बलमा १२ चौका र एक छक्कासहित ७२ रन जोडे । यी दुईले अमेरिकालाई जित नजिक पुर्‍याए पनि अन्तिम ओभरतिर लगातार विकेट गुमाउँदा टोली पराजित हुन पुग्यो ।

अमेरिकाका कप्तान मोनांक पटेल १२, शायन जहाँगिर चार, शेहान जयसूर्या नौ र मिलिन्द कुमार चार रनमा आउट भए । शुभम रञ्जानेले १६ रन बनाए भने हरमित सिंह एक बलमा छक्का प्रहार गर्दै छ रनमा अविजित रहे । स्कटल्यान्डका लागि ब्राड करी, ब्रान्डन म्याकमुलन र सफयान शरिफले समान दुई(दुई विकेट लिए । मार्क वाट र ओलिभर डेभिडसनले एक(एक विकेट हात पारे ।

त्यसअघि पहिला ब्याटिङ गरेको स्कटल्यान्डले ४७ ओभरमा छ विकेट गुमाउँदै ३२१ रन बनाएको थियो । स्कटल्यान्डका लागि फिन्ले म्याकक्रेथले १०२ बलमा छ चौका र एक छक्कासहित सर्वाधिक ७७ रन बनाए । विकेटकिपर म्याथ्यु क्रसले ३२ बलमै आठ चौका र दुई छक्कासहित ५८ रन जोडे । 

त्यस्तै, ब्रान्डन म्याकमुलनले ४० बलमा पाँच चौका र तीन छक्कासहित ५५ रनको आक्रामक इनिङ्स खेले । माइकल इङ्लिसले ३२, मार्क वाटले अविजित २५ र माइकल लिस्कले अविजित २८ रन बनाए । कप्तान रिची बेरिङ्टन १० रनमा आउट भए भने जर्ज मुन्सीले २० रन जोडे । अमेरिकाका लागि सौरभ नेत्रभाल्कर र जसदीप सिंहले समान दुई(दुई विकेट लिए । मिलिन्द कुमार र शुभम रन्जानेले एक(एक विकेट हात पारे । 

0 Comments