२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही क्षेत्रमा मध्यम वर्षा

अ+ अ-

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले कोशी, गण्डकी र कर्णाली प्रदेशका विभिन्न भू-भागमा रातिको समयमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार सोमबार राति यी तीन प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुने र अन्य भू-भागका एक-दुई स्थानमा पनि मेघगर्जनसहित वर्षा पर्न सक्ने अनुमान गरिएको छ।

यसअघि दिउँसो बैतडी, डडेल्धुरा, बझाङ, डोटी, अछाम र कालिकोट आसपासका केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम स्तरको वर्षा भएको जनाइएको छ।

उक्त वर्षा प्रणाली पूर्वतर्फ सर्ने क्रममा रहेको भन्दै महाशाखाले दैलेख, सुर्खेत, जुम्ला, जाजरकोट, सल्यान, रुकुम, रोल्पा र डोल्पा आसपासका क्षेत्रमा केही समयका लागि मेघगर्जनसहित वर्षा हुन सक्ने सम्भावना रहेको उल्लेख गर्दै सतर्क रहन आग्रह गरेको छ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय वायु तथा तल्लो वायुमण्डलमा विकसित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव सक्रिय रहेको बताइएको छ।

महाशाखाका अनुसार भोलि मंगलबार र पर्सि बुधबार कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा तथा अन्य हिमाली र पहाडी भू-भागमा समेत मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ।

0 Comments