२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थाइल्याण्डका पूर्व प्रधानमन्त्री सिनावात्रा जेलमुक्त

अ+ अ-

एजेन्सी । थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा भ्रष्टाचारको मुद्दामा जेल भुक्तान गर्दै सोमबार बैंककको जेलबाट पेरोलमा रिहा भएकी छिन् । भ्रष्टाचारको आरोपमा एक वर्षको सजाय पाएका थाक्सिनले आठ महिना जेल सजाय भोगिसकेकी छन् ।

दशकौँदेखि विवाद र राजनीतिमा ध्रुवीकरणको केन्द्रमा रहेका थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन स्थानीय समय अनुसार सोमबार बिहानै जेलबाट रिहा भएकी हुन् ।

उनको स्वागतका लागि बैंककको केन्द्रीय कारागार ‘क्लोङ प्रेम’ बाहिर करिब ३०० समर्थक र राजनीतिक सहयोगीहरू भेला भएका थिए। थाक्सिन सेतो पोलो ब्रान्डको टिसर्ट र निलो पाइन्ट लगाएर जेलबाट बाहिर निस्किँदा उनलाई पारिवारिक सदस्यहरूले अँगालो हाल्दै स्वागत गरेका थिए। त्यस्तै, उनको रिहाइसँगै खुसी साट्न जेलबाहिर भेला भएका समर्थकहरूले ‘वि लभ थाक्सिन’ को नारा लगाएका थिए र उनलाई रातो गुलाब उपहार दिएका थिए।

थाक्सिनको राजनीतिक यात्रा
दूरसञ्चार व्यवसायमा आबद्ध अर्बपति व्यापारी थाक्सिनले सन् १९९८ मा आफ्नै राजनीतिक पार्टी गठन गरेका थिए र सन् २००१ मा थाइल्याण्डको प्रधानमन्त्री बनेका थिए । सन् २००६ मा सेनाले ‘कू’ गरेर उनको सरकार अपदस्थ गरेको थियो । त्यति बेला उनी विदेश भ्रमणमा छिन् ।

त्यति बेला थाई राजनीति झण्डै दुई दशकसम्म गहिरो राजनीतिक द्वन्द्व र ध्रुवीकरणको शिकार बनेको थियो।

थाक्सिनलाई शक्तिको दुरुपयोग, आफ्नो व्यापारिक हितलाई फाइदा पुर्‍याएको र सरकारी चिठ्ठा परियोजनामा अनियमितता गरेको आरोप लगाइएको थियो। उनलाई अनुपस्थितिमा नै दोषी ठहर गरिएको थियो ।

सन् २०२३ मा उनी स्वदेश फर्किएको थियो र अदालतमा हाजिर भएका थिए । त्यहाँबाट उनलाई सुरुमा आठ वर्षको जेल सजाय सुनाइएको थियो तर पछि थाइल्यान्डका राजा महा वाजिरालोङकोर्नले जेल सजाय घटाएर एक वर्षमा झारेका थिए ।

स्वास्थ्य कारण देखाउँदै थाक्सिनलाई बैंककस्थित प्रहरी अस्पतालको एक विशेष कक्षमा कैद गर्न दिइएको थियो । यो निर्णयका विरोधीहरूले उनलाई विशेष सुविधा दिएको आरोप लगाएका थिए । यसपछि सन् २०२५ सेप्टेम्बरमा सर्वोच्च अदालतले उनलाई जेलमा आफ्नो सजाय पूरा गर्न आदेश दिएको थियो ।

स्वास्थ्य कारणले ‘प्यारोल’ स्वीकृत
हालसालै, न्याय मन्त्रालयको एक समितिले उनको राम्रो आचरण, बढ्दो उमेर र पुन: अपराधको कम सम्भावनालाई ध्यानमा राख्दै उनको लागि ‘प्यारोल’ स्वीकृत गरेको छ। रिहाइपछि आगामी चार महिनासम्म उनलाई निगरानीमा राखिने बताइएको छ । उनीहरूले बैंककमा आफ्नो घरमा बस्नुपर्नेछ भने निगरानीका लागि ‘इलेक्ट्रोनिक मोनिटरिङ ब्रेसलेट’ लगाउनु पर्नेछ र नियमित रूपमा अधिकारीहरूलाई रिपोर्ट गर्नुपर्नेछ।

सन् २०२४ मा थाक्सिनकी छोरी पातोङटार्न सिनावात्रा थाइल्यान्डको सबैभन्दा कान्छी प्रधानमन्त्री बनेपछि थाक्सिनलाई थप सुविधा दिन सक्ने भनाइहरू आएका थिए तर उनको विदेशी अधिकारीसँगको विवादास्पद फोन कल सार्वजनिक भएपछि संवैधानिक अदालतले उनलाई सन् २०२५ मा पदबाट हटाएको थियो। यस वर्षको आम निर्वाचनमा थाक्सिन समर्थित फेउ थाई पार्टी तेस्रो स्थानमा पुगेको थियो ।

0 Comments