२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल-चीन सम्बन्ध सुदृढ गर्न सामाजिक विकास क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता 

अ+ अ-

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादी र नेपालस्थित जनवादी गणतन्त्र चीनका राजदूत चाङ माओमिङबीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।

मन्त्रालयमा भएको उक्त भेटमा नेपाल-चीनबीच लामो समयदेखि कायम रहँदै आएको आपसी विश्वास, मित्रता र सौहार्दपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने विषयमा विचार-विमर्श भएको मन्त्रालयले जनाएको छ।

भेटका क्रममा मन्त्री वादीले नेपालले ‘एक चीन नीति’ प्रति आफ्नो स्पष्ट र दृढ अडान निरन्तर कायम राखेको उल्लेख गर्दै दुवै देशबीचको सहकार्यलाई सामाजिक विकासका विविध क्षेत्रसम्म विस्तार गर्न सकिने धारणा व्यक्त गरिन्। उनले महिला सशक्तीकरण, बाल अधिकार संरक्षण, ज्येष्ठ नागरिकको सेवा सुविधा तथा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धन जस्ता क्षेत्रमा संयुक्त पहल आवश्यक रहेको बताइन्।

त्यसैगरी उनले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई व्यवहारिक उपलब्धिमा रूपान्तरण गर्न मन्त्रालयको तर्फबाट आवश्यक समन्वय र सहजीकरण गरिने प्रतिबद्धता पनि व्यक्त गरिन्।

छलफलका क्रममा नेपाली महिलाद्वारा उत्पादित स्थानीय सामग्रीको बजार पहुँच विस्तार, नमुना स्वरूप ज्येष्ठ नागरिक हेरचाह केन्द्र स्थापना, साथै अपांगता भएका व्यक्तिहरूका लागि आवश्यक सहायक उपकरण तथा सेवामा सहकार्य गर्ने सम्भावनाबारे पनि विचार आदानप्रदान गरिएको थियो।

राजदूत चाङ माओमिङले नेपाल-चीन सम्बन्ध ऐतिहासिक तथा पारस्परिक सम्मान र विश्वासमा आधारित रहेको उल्लेख गर्दै सामाजिक सुरक्षा, समावेशी विकास, महिला तथा बालबालिकाको संरक्षण र अपांगता भएका व्यक्तिहरूको सशक्तीकरणका क्षेत्रमा नेपालसँगको सहकार्यलाई अझ सुदृढ बनाइने विश्वास व्यक्त गरे।

0 Comments