२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैंक खाताको रकम चोरीका घटना बढ्यो, सचेत रहन साइबर ब्युरोको आग्रह

अ+ अ-

काठमाडौँ । पछिल्लो समय बैंक खाताबाट रकम चोरी हुने घटनामा वृद्धि हुँदै गएको भन्दै नेपाल प्रहरी साइबर ब्युरोले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीपकुमार गिरिले आज जारी गरेको प्रेस विज्ञप्तिमा अज्ञात तथा आपराधिक गिरोहहरूले मोबाइल प्रयोगकर्ताहरूलाई लक्षित गरी ठगी गर्ने नयाँ तरिका अपनाइरहेको उल्लेख गरिएको छ । 

ती गिरोहहरूले ‘कनेक्ट आइपिएस’ जस्ता सेवासँग मिल्दोजुल्दो नाम प्रयोग गरी विभिन्न मोबाइल नम्बरहरूबाट सन्देश पठाउने गरेको पाइएको विज्ञप्तिमा उल्लेख छ ।

उक्त सन्देशमा ‘तपाईँको खाता लक गरिएको छ’ भन्दै पुनः पहुँच प्राप्त गर्न ‘एक्सेस रिजन’ गर्न आग्रह गरिन्छ र त्यसका लागि विभिन्न शंकास्पद लिंकहरू पठाइन्छन् । प्रयोगकर्ताले ती लिंकमा क्लिक गरेपछि व्यक्तिगत विवरण संकलन गरी बैंक खातामा अनधिकृत पहुँच पुर्‍याई ठूलो मात्रामा रकम चोरी गर्ने गरिएको साइबर ब्युरोले जनाएको छ ।

ब्युरोले यस्ता साइबर अपराधबाट जोगिनका लागि केही महत्त्वपूर्ण सुझावहरू पनि दिएको छ । शंकास्पद लिंकहरूमा क्लिक नगर्ने, बैंकीङ कारोबारका लागि सधैँ आधिकारिक वेबसाइट’ वा ‘एप’ मात्र प्रयोग गर्ने, आफ्ना गोप्य बैंकीङ विवरण कसैसँग पनि साझा नगर्ने तथा कुनै पनि सन्दिग्ध गतिविधि देखिएमा तत्काल प्रहरी, साइबर ब्युरो वा सम्बन्धित बैंकीमा जानकारी गराउन विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

साइबर अपराधको जोखिम दिन प्रतिदिन बढ्दै गइरहेको सन्दर्भमा सचेतना र सावधानी नै सुरक्षित रहने प्रमुख उपाय भएको ब्युरोले उल्लेख गरेको छ ।

साइबर ब्युरोको नाम लिएर ठगी गर्ने चार जना पक्राउ

साइबर ब्युरो भोटाहिटीको टोलीले साइबर ब्युरोको नाम लिएर अनलाइन घोटाला (ठगी) गर्ने गरेको अभियोगमा चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा धनकुटा साँगुरीगढी गाउँपालिका-३ का ३० वर्षीय दीपक लिम्बू, सुनसरी धरान उपमहानगरपालिका-९ का २१ वर्षीय सौरव भुजेल, सोही उपमहानगरपालिका-१३ का २८ वर्षीय सजल राई तथा सुनसरी इनरुवा नगरपालिका-६ का २४ वर्षीय सृजन थापा रहेका प्रहरी प्रधान कार्यालय साइबर ब्युरो भोटाहिटीका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

उनले भने, “साइबर ब्युरो भोटाहिटीको नाम दुरुपयोग गरी ट्रूकलरमा समेत साइबर ब्युरो देखिने बनाई पीडितलाई फोन सम्पर्क गरी डर, त्रास तथा प्रलोभनमा पारी रकम पठाउन लगाई विद्युतीय माध्यम सम्बद्ध ठगी कार्य भएको भनी पीडित व्यक्तिहरूको निवेदनका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।”

प्राविधिक अनुसन्धान तथा विश्लेषणबाट उक्त कार्यमा निज चार जनाको संलग्नता खुल्न आएकाले साइबर ब्यूरोबाट खटिएको टोलीले इलाका प्रहरी कार्यालय, धरानको समन्वय एवं सहयोगमा पक्राउ गरेको ब्युरोले जनाएको छ । पक्राउ परेका चारै जनाविरुद्ध विद्युतीय माध्यम सम्बद्ध ठगीअन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौँबाट चार दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रवक्ता गिरीले बताए ।

0 Comments