२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपराष्ट्रपतिद्धारा बुद्ध जयन्ती, उभौली र श्रमिक दिवसको शुभकामना

अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले गौतमबुद्ध जयन्ती, ‘उभौली’ पर्व र विश्व श्रमिक दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । 

उनले आज शुभकामना सन्देश जारी गरी भगवान् गौतमबुद्धको जयन्ती, किरात समुदायको महान् पर्व ‘उभौली’ तथा १३७औँ विश्व श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेका हुन् । 

गौतमबुद्ध जयन्तीले सत्य, करुणा, अहिंसा र मैत्रीको मार्गमा मानवतालाई अघि बढाउने प्रेरणा दिनुका साथै लुम्बिनीमा जन्मिएका सिद्धार्थ गौतमले विश्वलाई दिएको मध्यम मार्ग र अष्टाङ्गिक मार्ग आज पनि शान्ति, सहिष्णुता र नैतिक जीवनको आधारस्तम्भ भएको उनको भनाइ छ । 

गौतमबुद्धको शिक्षाले व्यक्तिगत आत्मजागरणमात्र नभई, सामाजिक सद्भाव र विश्व भ्रातृत्वलाई पनि बलियो बनाएको उपराष्ट्रपति यादवको भनाइ छ । उनले भनेका छन्, “यस अवसरमा बुद्धका उपदेश आत्मसात् गर्दै समाजमा शान्ति, न्याय र समानताको वातावरण निर्माण गर्न सबैलाई उत्प्रेरित गर्न सकियोस् भन्ने कामना गर्दछु ।”

उभौली पर्व, किरात समुदायको मौलिक सांस्कृतिक परम्परा हो, जसले प्रकृतिप्रतिको श्रद्धा, कृषि चक्रको निरन्तरता र सामूहिक एकताको सन्देश दिन्छ । यस पर्वले वातावरण संरक्षण, सामुदायिक सद्भाव र सांस्कृतिक विविधताको महत्वलाई उजागर गर्दै नेपाललाई सांस्कृतिक समृद्धि र सामाजिक एकताको मार्गमा अघि बढाउने प्रेरणा दिने उपराष्ट्रपतिको विश्वास छ ।

विश्व श्रमिक दिवस (१ मे), २०२६ ले श्रमजीवी वर्गको योगदानलाई सम्मान गर्दै श्रमिकको अधिकार, सामाजिक सुरक्षा र न्यायोचित पारिश्रमिक सुनिश्चित गर्ने संकल्पलाई थप बलियो बनाउने उनले बताएका छन्। राष्ट्रको विकास, निर्माण र समृद्धिमा श्रमिकहरूको श्रम, समर्पण र संघर्ष अमूल्य रहेको उल्लेख गर्दै संविधानले सुनिश्चित गरेका श्रमिक अधिकारलाई व्यवहारमा उतार्दै सुरक्षित, सम्मानजनक र समावेशी कार्य वातावरण निर्माण गर्नु आजको आवश्यकता रहेको उनको भनाइ छ ।

शुभकामना सन्देशमा भनिएको छ, “यस दिवसले श्रमिकमैत्री नीति, सामाजिक सुरक्षा र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सबैलाई सक्रिय बनाउन सहयोग पुगोस् ।”

0 Comments