२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दिल्लीस्थित नेपाली राजदूत शर्माको कार्यकाल अन्त्यतर्फ पुगेको संकेत

अ+ अ-

काठमाडौँ । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माको कार्यकाल अन्त्यतर्फ पुगेको संकेतसहितको सामाजिक सञ्जाल अभिव्यक्तिले कूटनीतिक वृत्तमा चर्चा बढाएको छ।

राजदूत शर्माले हालै सामाजिक सञ्जालमा साझा गरेको स्टाटसमा पछिल्ला दिनहरूमा साथीहरूसँगको भेटघाट क्रमशः बढ्दै गएको उल्लेख गरेका छन्। उनले उक्त अभिव्यक्तिमा आफ्नो कार्यकाल समाप्तितर्फ उन्मुख भएको संकेत गर्दै यसलाई सहकर्मीहरूले पनि बुझिसकेको जनाएका छन्।

स्टाटसमा उल्लेख भएअनुसार पछिल्ला दिनहरूमा आफूलाई भेटघाटहरूमा आमन्त्रण हुने क्रम बढेको छ, जसको कारण आफ्नो समय अब समाप्तितर्फ गइरहेको बुझाइ रहेको छ।

त्यसैगरी, दिल्लीस्थित कूटनीतिक कोरका डिनद्वारा आयोजित हाई-टी कार्यक्रममा पनि राजदूत शर्माको सहभागिता रहेको थियो। उक्त कार्यक्रममा कूटनीतिक कोरका प्रमुख, प्रोटोकल प्रमुख तथा विभिन्न देशका राजदूतहरूको उपस्थिति रहेको उल्लेख गरिएको छ।

कूटनीतिक अभ्यासअनुसार कार्यकाल समापन नजिकिँदै गर्दा यस्ता औपचारिक तथा अनौपचारिक भेटघाट तथा सम्मानजन्य कार्यक्रमहरू हुने प्रचलन रहँदै आएको छ।

नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकारका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले शर्मालाई भारतका लागि राजदूत नियुक्त गरेको थियो।

उनी २०८१ पुस ३ गते दोस्रो पटक भारतका लागि राजदूत नियुक्त भएका थिए। यसअघि कतिपय देशका राजदूतलाई सुशीला कार्की नेतृत्वको अघिल्लो सरकारले फिर्ता गरिसकेको थियो।

राजदूत शर्माको कार्यकाल तथा आगामी कूटनीतिक जिम्मेवारीबारे सम्बन्धित निकायबाट भने हालसम्म औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।

0 Comments