२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युद्धविराममाथि संकट, अमेरिका–इरान तनाव चुलिँदै

अ+ अ-

काठमाडौँ । अमेरिका र इरानबीच जारी युद्धविराम अन्त्यतिर पुग्दै गर्दा दुवै पक्षले युद्धका लागि तयार रहेको चेतावनी दिएका छन् । वार्ताको भविष्य अन्योलमा परिरहेका बेला कूटनीतिक प्रयासहरू पुन: पाकिस्तानमा केन्द्रित हुने संकेत देखिए पनि तेहरानले सहभागिताबारे स्पष्ट धारणा सार्वजनिक नगरेपछि स्थिति अझ जटिल बनेको छ ।

ह्वाइट हाउसका अनुसार उपराष्ट्रपति जेडी भान्स इस्लामाबाद फर्केर दोस्रो चरणको वार्ता अघि बढाउने तयारीमा रहेका छन् । तर इरानले अमेरिकी कदमप्रति गम्भीर असन्तुष्टि जनाउँदै वार्तामा सहभागी हुने वा नहुने विषयमा मौनता कायम राखेको छ । तेहरानले अमेरिकामाथि आफ्ना बन्दरगाहहरूमा नाकाबन्दी लगाएर र एक जहाज नियन्त्रणमा लिएर युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ ।

इरानका संसद् अध्यक्ष मोहम्मद बाघेर घालीबाफले अमेरिकाले वार्तालाई दबाबको माध्यम बनाउन खोजेको आरोप लगाउँदै खतराको वातावरणमा वार्ता स्वीकार्य नहुने बताए । उनका अनुसार पछिल्ला दुई सातामा इरानले युद्धक्षेत्रमा नयाँ रणनीति देखाउने तयारी गरिरहेको छ । यसैबीच, इरानको रिभोलुसनरी गार्ड्सले होर्मुज जलडमरूमध्यबाट अनुमतिबिना पार गर्ने जहाजहरूलाई निशाना बनाइने चेतावनी दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानमाथि जल डमरूमध्य क्षेत्रमा जहाजहरूलाई अवरोध गरेर युद्धविराम उल्लंघन गरेको आरोप लगाए । उनका अनुसार फेब्रुअरी २८ मा अमेरिका र इजरायलले सुरु गरेको युद्धपछि इरानले विश्वको करिब पाँचौँ भाग तेल ओसारपसार हुने मार्ग अवरुद्ध गरेको छ । ट्रम्पले सामाजिक सञ्जालमार्फत नाकाबन्दीले इरानलाई कमजोर बनाइरहेको दाबी गर्दै समझदारी नभएसम्म दबाब जारी रहने संकेत दिए ।

युद्धविरामको समयसीमा सकिन लाग्दा वार्तामा सहभागी हुने विषयमा ट्रम्पले इरान तयार हुनुपर्ने बताए । उनले युद्धविराम समाप्त भए ठूलो स्तरमा आक्रमण सुरु हुनसक्ने चेतावनी दिए । यद्यपि युद्धविराम केही समय थपिने सम्भावना न्यून रहेको उनको भनाइ छ ।

युद्धको जोखिमबीच अन्तर्राष्ट्रिय बजारमा भने तेलको मूल्य घट्दो क्रममा देखिएको छ । अमेरिका–इरानबीच सहमति भएर होर्मुज जल डमरूमध्य पुन: सञ्चालनमा आउने आशाले बजार प्रभावित भएको विश्लेषण गरिएको छ । तेहरानमा युद्धविरामपछि केही सामान्य जीवन फर्किएको देखिए पनि सर्वसाधारणमा अनिश्चितता र आर्थिक दबाब अझै कायम छ । स्थानीय बासिन्दाहरूले अवस्था सहज नभएको र अर्थतन्त्र निकै कमजोर रहेको बताएका छन् ।

यसैबीच, इजरायल र लेबनानबीच छुट्टै युद्धविराम घोषणा भइसकेको छ, जसमा हिजबुल्लाह पनि संलग्न छ । दुवै पक्षबीच वासिङ्टनमा पुन: वार्ता हुने तयारी भइरहेको छ । तर दक्षिणी लेबनानमा छिटपुट हिंसा जारी रहेको र इजरायलले केही क्षेत्रमा नागरिकलाई नफर्कन चेतावनी दिएको छ ।

संयुक्त राष्ट्र सुरक्षा परिषद्ले लेबनानमा एक फ्रान्सेली शान्तिरक्षकको हत्या भएको घटनाको निन्दा गरेको छ । उक्त घटनामा हिजबुल्लाहलाई दोष दिइएको छ । इजरायल–हिजबुल्लाह द्वन्द्वका कारण लेबनानमा हालसम्म हजारौँको ज्यान गइसकेको सरकारी तथ्यांकले देखाएको छ ।

अमेरिका–इरान वार्ताको अर्को महत्त्वपूर्ण मुद्दा इरानको समृद्ध युरेनियम भण्डार पनि हो । ट्रम्पले इरान उक्त भण्डार हस्तान्तरण गर्न सहमत भएको दाबी गरेका थिए । तर इरानले उक्त दाबी अस्वीकार गर्दै युरेनियम कतै हस्तान्तरण नगरिने स्पष्ट पारेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ताले यस्तो विषय वार्तामा कहिल्यै विकल्पका रूपमा नउठाइएको बताए ।

0 Comments