२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हंगेरीमा १६ वर्षदेखि सत्तामा रहँदै आएका प्रधानमन्त्री ओर्बन पराजित

अ+ अ-

काठमाडौँ। हंगेरीमा १६ वर्षदेखि सत्तामा रहँदै आएका प्रधानमन्त्री भिक्टर ओर्बन अन्ततः पराजित भएका छन्।

मतदाताहरूले अधिनायकवादी प्रवृत्ति र अति-दक्षिणपन्थी राजनीतिप्रति असन्तुष्टि जनाउँदै युरोप समर्थक नयाँ नेतृत्व रोजेपछि देशको राजनीतिक दिशा नै फेरिने संकेत देखिएको छ।

ओर्बनका पूर्व सहयोगीसमेत रहेका पिटर मग्यारले भ्रष्टाचारविरुद्ध, सार्वजनिक सेवा सुधार र युरोपेली संघ (इयु) तथा नेटोसँग सम्बन्ध पुन:स्थापनाको एजेन्डा अघि सार्दै ऐतिहासिक जित हासिल गरेका हुन्।

प्रारम्भिक मतगणनामा उनको टिस्जा पार्टीले करिब ५३ प्रतिशत मत ल्याउँदा ओर्बनको फिडेज पार्टी ३७ प्रतिशतमा सीमित देखिएको छ। एक सय छ मध्ये ९४ निर्वाचन क्षेत्रमा अग्रता लिँदै मग्यार स्पष्ट विजेता बनेका छन्।

पराजय स्वीकार गर्दै ओर्बनले परिणामलाई ‘पीडादायी’ भने र अब विपक्षबाट राष्ट्रको सेवा गर्ने बताए । उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकट सहयोगीका रूपमा चिनिन्थे, जसका कारण हंगेरीको विदेश नीति पनि लामो समयदेखि विवादमा थियो ।

मग्यारको विजयले इयुभित्रको शक्ति सन्तुलनमा परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

ओर्बनमाथि विगतमा बारम्बार भिटो प्रयोग गरेर इयुका निर्णयहरू अवरुद्ध गर्दै आएको र रूससँग नजिकिँदै गएको आरोप लाग्दै आएको थियो । विशेष गरी युक्रेन युद्धका विषयमा उनको भूमिकाले युरोपेली नेताहरूलाई असहज बनाएको थियो ।

चुनावी परिणामपछि बुडापेस्टमा उत्साहपूर्ण वातावरण देखिएको छ । डेन्युब नदी किनारमा हजारौँ समर्थकहरू भेला भई विजय उत्सव मनाउँदा सहरका सडकहरूमा नाराबाजी र हर्षोल्लास फैलिएको थियो ।

“आज सत्यले झुटमाथि जित हासिल गरेको छ”, मग्यारले समर्थकहरूलाई सम्बोधन गर्दै भने, “हामीले आफ्नो देशका लागि जिम्मेवारी बुझेका छौँ ।”

करिब ८० प्रतिशत मतदान भएको यस निर्वाचनलाई हंगेरीको कम्युनिस्टपछिको इतिहासकै उच्च सहभागितामध्ये एक मानिएको छ । यसले जनताको परिवर्तनप्रतिको आकांक्षा स्पष्ट देखाएको विश्लेषकहरूको भनाइ छ ।

ओर्बनको शासनकालमा मिडिया स्वतन्त्रता, अल्पसङ्ख्यक अधिकार र संस्थागत संरचनामाथि दबाब बढेको आरोप लाग्दै आएको थियो। साथै, सत्ता नजिकका व्यावसायिक समूहहरूलाई लाभ पुर्‍याइएको भन्ने आरोप पनि उनले अस्वीकार गर्दै आएका थिए।

अब मग्यारको नेतृत्वमा हंगेरी पुनः युरोपतर्फ फर्किने वा पुरानै विभाजित राजनीतिक धार कायम रहने भन्ने प्रश्न महत्त्वपूर्ण बनेको छ। उनले यसअघि नै यो चुनाव ‘पूर्व वा पश्चिमबीचको छनोट’ भएको बताएका थिए ।

0 Comments