२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्वसाधारणलाई सर्प पहिचानसम्बन्धी तालिम सञ्चालन

अ+ अ-

टीकापुर । कैलालीको टीकापुर नगरपालिकामा सर्पदंशबाट जोगिन सर्वसाधारणलाई सर्प पहिचान गर्ने तरिकाबारे तालिम सञ्चालन गर्न थालिएको छ ।

नगरपालिकाले नगर प्रहरी, बडघर, टोल विकास संस्थाका पदाधिकारी, शिक्षक, विद्यार्थी तथा युवालाई विषालु र अविषालु सर्प पहिचान गर्ने, सर्पको टोकाइबाट बच्ने उपाय, डसी हालेमा मानिस र सर्प उद्धार कसरी गर्ने भन्नेबारे तालिम दिन थालेको हो ।

टीकापुर नगरपालिका–१ ले चाुल वर्षमा विपद् व्यवस्थापनका लागि बजेट विनियोजन गरेको थियो । वडाले गर्मीयाम सुरु भएकाले सर्पदंशको जोखिमबाट बच्न सर्वसाधारणलाई पूर्वतयारी गर्न सहज होस भनी १०० वटा टोल विकास संस्था, बडघर, सामुदायिक प्रशिक्षकलाई सर्प पहिचानबारे तालिम दिन थालेको हो ।

“यहाँ सर्पदंशको जोखिम धेरै छ, मानिसले सर्प देख्ने बित्तिकै मार्ने चलन छ”, वडाध्यक्ष मोहन लुहार विकले भने, “सर्प चिनेमा समयमै उपचारमा सहयोग हुन्छ । अनि सर्प पनि वातावरणका लागि महत्वपूर्ण हुन्छन् भन्ने ज्ञान दिन तालिम दिएका हौँ ।”

टीकापुर नगरपालिका तराई क्षेत्र भएकाले विषालु सर्पको जोखिम छ । यहाँ सर्पले डसेको मानिस आत्तिने र कतिपय अविषालु सर्प पनि हुने भएकाले सर्प उद्धार गर्ने जनशक्ति नभएकाले उद्धारकर्ता तयार गर्न थालिएको हो । हरेक नागरिकलाई सर्पको डसाइबाट जोगिन सचेतना फैलाउने र सर्प चिन्न सहज होस् भनी प्रधानाध्यापक, टोल विकास संस्थालगायतलाई तालिम दिइएको प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले जानकारी दिए ।

“हामीले युवालाई सर्प उद्धारकर्ता तालिम दिनका लागि सूचना आह्वान गरेका छौँ”, उनले भने, “अहिले एकजना मात्र उद्धारकर्ता हुनुहुन्छ ।उहाँ एक्लैलाई घरभित्र सर्प पसेमा उद्धार गर्न टाढासम्म जान कठिन र भ्याइनभ्याइ हुन्छ ।”

यहाँस्थित टीकापुर अस्पतालमा सर्पदंशको उपचार सेवा छ । अस्पतालका मेडिकल रेकर्डर तथा सूचना अधिकारी पदमराज भट्टका अनुसार अस्पतालतमा चालु आर्थिक वर्षमा हालसम्म ४७ जना सर्पदंशका बिरामी उपचारका लागि आएका छन् ।

नगरपालिकाले २० जनालाई तालिम दिएपछि दुर्घटना बिमा गरेर, हरेक वडालाई पायक पर्ने गरी उद्धारमा स्वयमसेवकका रुपमा परिचालन गर्ने वन वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले जानकारी दिए ।