२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस सभामुख पदका लागि प्रतिस्पर्धामा सहभागी नहुने

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको सभामुख चयन प्रक्रियामा प्रमुख दलहरूको रणनीति क्रमशः स्पष्ट हुँदै गएको छ। प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सभामुख पदका लागि प्रतिस्पर्धामा सहभागी नहुने निर्णय गरेको छ।

पार्टीका महामन्त्री प्रदीप पौडेलका अनुसार संसद्‌मा सत्तारूढ पक्षको स्पष्ट संख्यात्मक बल रहेको र सभामुख पदलाई साझा तथा निष्पक्ष भूमिकाको रूपमा हेर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो। उनले संसद् सञ्चालनको मर्यादा र सन्तुलन कायम राख्ने दायित्व सभामुखमा केन्द्रित हुने भएकाले प्रतिस्पर्धाबाट बाहिर रहने निष्कर्षमा पार्टी पुगेको स्पष्ट पारेका छन्।

यसैबीच, नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले भने सभामुखमा उम्मेदवारी दिने वा नदिने विषयमा अन्तिम टुंगो लगाइसकेको छैन। पार्टीभित्र यसबारे छलफल जारी रहेको जानकारी गुरुप्रसाद बरालले दिएका छन्।

अर्कोतर्फ, राष्ट्रिय स्वतन्त्र पार्टीले आन्तरिक सहमतिपछि डोलप्रसाद अर्याललाई सभामुख पदका लागि अघि सारेको छ । उनको उम्मेदवारी दर्ता भइसकेको छ।

२७५ सदस्यीय प्रतिनिधि सभामा उक्त दलको एकल बहुमत रहेको परिप्रेक्ष्यमा अर्यालको पक्षमा परिणाम जाने आकलन गरिएको छ। यस्तो अवस्थामा सभामुख चयन प्रक्रिया औपचारिकतामै सीमित रहने सम्भावना देखिएको छ।