२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मैत्रीपूर्ण खेलमा सेनाको टोली विजयी

अ+ अ-

काठमाडौँ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय (डिपिआर) टोली र रक्षा समाचारदाताबीच आज सम्पन्न मैत्रीपूर्ण फुटबल खेलमा सेनाको टोली विजयी भएको छ ।

सैनिक मुख्यालय जंगीअड्डा परिसरको खेल मैदानमा भएको उक्त खेलमा सेनाको टोली ४–१ गोल अन्तरले विजयी भयो । निर्देशनालयका तर्फबाट सेनानी विजय पाण्डेले दुई तथा प्रमुख सेनानी उपन कार्की र प्राविधिक जमदार वसन्त ओलीले एक–एक गोल गरे । 

रक्षा समाचारदाताको टोलीबाट दिपेश केसीले सान्त्वना गोल गरे । उक्त खेलमा निर्देशनालयको टोली कप्तान सहायकरथी राजाराम बस्नेत र सञ्चारकर्मीका तर्फबाट कप्तान दीपक रिजाल रहेका थिए ।

प्रतियोगितामा सेनाको टोली हरियो रङ र सञ्चारकर्मीको टोली निलो जर्सीमा मैदानमा उत्रिएको थियो । सैनिक तालिम महानिर्देशक एवम् उपरथी प्रेम पुनले रेफ्रीलाई फुटबल हस्तान्तरण गरी खेल शुभारम्भ गरेका थिए ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय स्थापना दिवसका अवसरमा सो खेल आयोजना गरिएको हो । निर्देशनालयको २०५८ चैत २० गते स्थापना भएको हो । निर्देशनालयले सैनिक र सञ्चारकर्मी बीचको सम्बन्ध थप प्रगाढ तुल्याउने उद्देश्यले यस्ता प्रतियोगिता आयोजना गर्दै आएको छ ।