२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालाजुमा बाइसधारा मेला सुरु

अ+ अ-

काठमाडौँ । बालाजुमा प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन लाग्ने ‘बालाजु बाइसधारा’ (ल्हुति पुन्हि) मेला सुरु भएको छ ।

बाइसधारामा स्नान गरे मुक्तिनाथ र गोसाइँकुण्डमा स्नान गरेको पुण्य प्राप्त हुने जनविश्वास छ । भक्तजनलाई स्नान गर्न सहज होस् भन्ने उद्देश्यले बालाजुका २२ वटै धाराबाट जल प्रवाहको व्यवस्था मिलाइएको बालाजु बाइसधारा उद्यानका प्रमुख रवीन मानन्धरले जानकारी दिए।

बौद्ध र हिन्दू धर्मावलम्बी मेला भर्न आएका उनले जानकारी दिए । नेवार समुदायले आज ‘मन्नादी’ देवीको जन्म मनाउने प्रचलन पनि छ । विशेष गरी महिलाले बाइसधारामा स्नान गरी मन्नादीको पूजाअर्चना गरेमा मनोकामना पूरा हुने जनविश्वास छ । बालाजुमा स्नान गर्नाले छालासम्बन्धी रोग नलाग्ने स्थानीय बूढापाकाको विश्वास छ ।

बालाजुमा नेपाल संवत् ८७५ मा कान्तिपुरका राजा जयप्रकाश मल्लले २१ वटा ढुङ्गेधारा स्थापना गरेको र १८५५ सालमा राजा रणबहादुर शाहले अर्को एउटा ठूलो धारा बनाएको बाइसधाराको इतिहासमा उल्लेख भएको प्रमुख मानन्धरले बताए।