२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ऐतिहासिक तथा सांस्कृतिक विषय समेटिएका तीन हुलाक टिकट सार्वजनिक

अ+ अ-

काठमाडौँ । हुलाक सेवा विभागले ऐतिहासिक र सांस्कृतिक महत्व झल्काउने तीन नयाँ हुलाक टिकट सार्वजनिक गरेको छ। स्वीकृत फिलाटेलिक कार्यक्रमअन्तर्गत जावा दाम (पुरानो मुद्रा), गुल्मीस्थित धुरकोट दरबार तथा नृसिंह अवतार नाच (कार्तिक नाच)का तस्बिर समेटिएका टिकट प्रचलनमा ल्याइएको हो।

बबरमहलस्थित विभागको कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले ती टिकटहरूको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरेका थिए।

उक्त अवसरमा मन्त्री तिमिल्सिनाले हुलाक टिकटले देशको ऐतिहासिक, धार्मिक र सांस्कृतिक पहिचानको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गरे। साथै, हुलाक सेवालाई नागरिकमैत्री बनाउँदै सार्वजनिक सेवा प्रभावकारी रूपमा विस्तार गर्न आवश्यक रहेकोमा उनले जोड दिए।

सरकारले अघि सारेको सुधारमुखी कार्ययोजना अनुसार सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ अवधारणालाई शीघ्र कार्यान्वयन गर्न विभागलाई निर्देशन दिइएको छ। उनले सरकारी सेवामा समयसापेक्ष सुधार गरी द्रुत र प्रभावकारी ढंगले सेवा उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रममा मन्त्रालयकी सचिव लक्ष्मी कुमारी बस्नेतले हुलाक टिकटमार्फत देशका पुरातात्विक सम्पदाको प्रचारप्रसारमा सहयोग पुग्ने धारणा राखिन्।

त्यसैगरी, विभागकी महानिर्देशक मनमाया पंगेनी भट्टराईले हुलाक टिकटलाई अन्तर्राष्ट्रिय स्तरमा देशको प्रतिनिधित्व गर्ने माध्यमका रूपमा उल्लेख गर्दै यस्ता प्रकाशनमार्फत इतिहास, संस्कृति र पहिचानको संरक्षणमा विभाग सक्रिय रहेको जानकारी दिइन्।

सोही कार्यक्रममा मन्त्री तिमिल्सिनालाई विभागीय गतिविधिबारे जानकारी गराउँदै स्वागतसमेत गरिएको थियो।