२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्याग्दीको मल्कवाङमा विद्युत् सेवा विस्तार

अ+ अ-

काठमाडौँ । म्याग्दी जिल्लाको धवलागिरि गाउँपालिका-५ अन्तर्गत पर्ने मल्कवाङ बस्तीमा केन्द्रीय प्रसारण प्रणालीमार्फत विद्युत् सेवा उपलब्ध गराइएको छ। नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालनमा रहेको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तर्गत उक्त क्षेत्रमा विद्युत् विस्तार गरिएको हो।

प्राधिकरणले धवलागिरि गाउँपालिका-६ मराङ क्षेत्र हुँदै मुख्य तथा शाखा लाइन विस्तार गर्दै पोल गाड्ने, तार जडान गर्ने र १०० केभिए क्षमताको ट्रान्सफर्मर स्थापना गर्ने कार्य सम्पन्न गरेको जनाएको छ। यससँगै आवश्यक प्राविधिक तयारी पूरा भएपछि स्थानीय बासिन्दाको घरघरमा विद्युत् सेवा सञ्चालनमा आएको छ।

गत मंसिरमा प्रसारण लाइन परीक्षण तथा ट्रान्सफर्मर चार्ज गरिसकिएको थियो भने पछिल्लो चरणमा मिटरबक्स जडान र आन्तरिक तार जडान सम्पन्न भएपछि यस महिनादेखि नियमित आपूर्ति सुरु भएको स्थानीय स्रोतले जनाएको छ।

यसअघि सोही गाउँपालिकाको मलम्पार टोलमा पनि गत असार महिनामै विद्युत् सेवा विस्तार गरिएको थियो। अब भेडिखाल्टा क्षेत्रमा पनि मल्कवाङबाटै विद्युत् आपूर्ति गर्ने योजना अघि बढाइएको छ। हालसम्म यस क्षेत्रका अधिकांश घरपरिवारले नन्दीबाङ खोलामा आधारित लघु जलविद्युत् परियोजनाबाट विद्युत् उपयोग गर्दै आएका थिए।

नेपाल विद्युत् प्राधिकरणले म्याग्दी जिल्लाका विभिन्न १४ स्थानमा दुई हजारभन्दा बढी घरधुरीमा राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत् सेवा पुर्‍याउने लक्ष्यसहित आर्थिक वर्ष २०८०/८१ देखि करिब २२ करोड रुपैयाँ बजेटमा कार्यक्रम सञ्चालन गरिरहेको छ।

उक्त योजनाअन्तर्गत मालिका गाउँपालिकाका विभिन्न बस्तीहरू-निस्कोट, रुम, डाडागाउँ, पात्ले, ओखरबोट र च्युरीबोट-सहित धवलागिरि गाउँपालिकाका मलम्पार र बुल क्षेत्रमा यसअघि नै विद्युत् सेवा विस्तार भइसकेको छ। लुलाङ क्षेत्रमा ट्रान्सफर्मर चार्ज भइसकेको छ भने सिस्नेरी र महभीरमा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको प्राधिकरणको बेनी वितरण केन्द्रले जनाएको छ।

यस कार्यक्रममार्फत धवलागिरि गाउँपालिका-१ को गुर्जा बाहेकका अधिकांश बस्तीमा केन्द्रीय विद्युत् पहुँच पुर्‍याउने लक्ष्य राखिएको छ।