काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीमा नियुक्त हुन लागेका बालेन्द्र साह (बालेन)लाई सफल कार्यकालको शुभकामना दिएका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले नेपाली इतिहासकै कान्छा तथा मधेसीमूलका पहिलो प्रधानमन्त्री युवाका रूपमा बालेनले ऐतिहासिक जिम्मेवारी सम्हाल्न लागेको उल्लेख गरेका छन् ।
भट्टराईले भनेका छन्, ‘भू–राजनीतिका चुनौती र सम्भावनाहरूलाई कुशलतापूर्वक व्यवस्थापन आग्रह गरेका छन् । ‘आन्तरिक रूपमा लामो समयदेखि संरचनात्मक गत्यावरोधमा फसेको अर्थ-राजनीति र बाह्य रूपमा तीव्र गतिले बद्लिँदै गएको भू-राजनीतिका चुनौती र सम्भावनाहरूलाई कुशलतापूर्वक व्यवस्थापन गर्दै देश र जनताका २१औँ शताब्दीका आकांक्षा पूरा गर्न सफलता मिलोस्!’
उनले अब समयानुकूल डिजिटल प्रविधि र एआईमैत्री युवापुस्ताको नेतृत्वमा पुस्तान्तरण हुँदै गएको वस्तुगत यथार्थलाई सबैले आत्मसात् गर्नुपर्ने धारणा राखेका छन् ।







