२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कार्की आयोगको प्रतिवेदनप्रति ओलीको असहमति, निष्कर्ष अस्वीकार्य रहेको टिप्पणी

अ+ अ-

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गौरीबहादुर कार्की आयोगद्वारा तयार गरिएको प्रतिवेदनप्रति गम्भीर असहमति जनाएका छन्।

उनले उक्त प्रतिवेदनलाई त्रुटिपूर्ण, पूर्वाग्रहयुक्त तथा व्यक्तिको प्रतिष्ठामा आँच पुर्‍याउने खालको भन्दै स्वीकार गर्न नसकिने धारणा सार्वजनिक गरेका छन्। प्रतिवेदनले तथ्यपरक विश्लेषणभन्दा आरोपमुखी दृष्टिकोण अपनाएको उनको भनाइ छ।

ओलीले आफू तत्कालीन प्रधानमन्त्री रहेको अवस्थासँग जोडेर गरिएको सिफारिसप्रति प्रश्न उठाउँदै घटनास्थलसँग प्रत्यक्ष सम्बन्ध नरहेको व्यक्तिविरुद्ध फौजदारी अनुसन्धानको सिफारिस गरिएकोमा आपत्ति जनाए। यसले समग्र रूपमा राजनीतिक चरित्रमाथि आघात पुर्‍याउने प्रयास भएको उनको तर्क छ।

घटनाहरूको जिम्मेवारी निर्धारणका सन्दर्भमा स्पष्ट मापदण्ड आवश्यक रहेको उल्लेख गर्दै उनले विभिन्न घटनामा नेतृत्वको उत्तरदायित्व कसरी निर्धारण गर्ने भन्ने विषयमा पनि प्रश्न उठाएका छन्।

उनले प्रतिवेदन तयार पार्ने क्रममा पर्याप्त सतर्कता अपनाइनु पर्ने भए पनि त्यसमा कमी देखिएको टिप्पणी गरे। साथै, पछिल्लो राजनीतिक परिदृश्यमा अस्थिरता सिर्जना गर्ने उद्देश्यले केही पक्षबाट नकारात्मक प्रचार भइरहेको आरोपसमेत लगाए।

ओलीले पार्टीका सांसद तथा नेता-कार्यकर्तालाई चुनौतीपूर्ण परिस्थितिमा संयमित र जिम्मेवार ढंगले भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्। पार्टीभित्र अनुशासन, सिद्धान्त र नीतिगत मार्गदर्शनअनुसार अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन्।

संसदीय दलभित्रका जिम्मेवारीहरू पार्टीकै मूल्यांकनका आधारमा निर्धारण हुने संकेत गर्दै उनले व्यक्तिगत रूपमा पदको माग नगर्न आग्रह गरेका छन्। साथै, निर्वाचनपछिको समग्र समीक्षा गर्ने उपयुक्त समय अझै बाँकी रहेको पनि उनको भनाइ छ।