२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सात धार्मिक विद्यालयका विद्यार्थी एसइईमा सहभागी हुने

अ+ अ-

चितवन । जिल्लाका सात धार्मिक विद्यालयका विद्यार्थी माध्यामिक शिक्षा परीक्षा (एसइई)मा सहभागी हुने भएका छन् । ती विद्यालयमा अध्ययनरत ११० जना विद्यार्थी एसइईमा सहभागी हुन लागेका हुन । 

शिक्षा विकास तथा समन्वय इकाई चितवनका अनुसार ती सहित जिल्लाका २४४  विद्यालयका विद्यार्थी एसइईमा सहभागी हुने छन् । यही चैत १९ गतेबाट सुरु हुने एसइई परीक्षामा सामुदायिक तर्फ १२४ विद्यालय, ११३ वटा संस्थागत विद्यालय र सात धार्मिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू सहभागी हुन लागेका हुन । 

यस वर्ष विद्यार्थी सहभागी गराउन लागेका धार्मिक विद्यालयमा रत्ननगरको श्रीराम बौद्धिक संस्कृत गुरुकुलमका १० , रत्ननगरकै गायत्री वेद विद्या गुरुकुलमका १४ , भरतपुरको वैकुण्ठ प्रम बौद्धिक विद्या प्रतिष्ठानका ७  र भरतपुरको परभानन्द स्मृति बौद्धिक विद्या भवन गुरुकुलका १० जना नियमित परीक्षामा सहभागी हुने छन् । यसै गरी देवघाटको राम जानकी गार्गी कन्या गुरुकुलमका ११ , देवघाटकै योगी नरहरीनाथ संस्कृत गुरुकुलका १० जना र देवघाटकै सिताराम संस्कृत माध्यामिक विद्यालयका ११ जना विद्यार्थी सहभागी हुने छन् । 

एकाइका प्रमुख लक्ष्मण देवकोटाका अनुसार जिल्लाका २४४ विद्यालयका  १२ हजार ३४९ जना विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् । यस मध्ये १० हजार ५०० जना नियमित हुन भने १ हजार ८४९ ग्रेड वृद्धिका विद्यार्थी रहेको उनले बताए । परीक्षामा सहभागी हुने मध्ये प्राविधिक धारका ३४४ जना, धार्मिक विद्यालयका ११० जना, दृष्टि विहीन ३ जना, सुस्त श्रवण ८ जना विद्यार्थी परीक्षामा सहभागी हुने छन् । 

उनका अनुसार जिल्लामा ४२ केन्द्रबाट विद्यार्थीहरूले परीक्षामा सहभागी हुने छन् । ३४ सामुदायिक विद्यालय र ८ संस्थागत विद्यालयमा केन्द्र तोकिएको छ । केन्द्राध्यक्ष नियुक्तिको प्रक्रिया सकेर अनुशिक्षणको तयारी सुरु गरिएको उनले बताए। उनका अनुसार गत वर्षको एसइईमा भन्दा यस वर्ष ७ विद्यार्थी कम सहभागी हुन लागेका छन् ।