२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

अ+ अ-

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको बलात्कारपछि हत्याको घटनाको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गरिएको छ । संयुक्त दलित संघर्ष समिति र दलित महिला अभियान नेपालले घटनामा संलग्न दोषीलाई तत्काल कानुनी कठघरामा उभ्याउन माग गर्दै छानबिनका लागि आग्रह गरेको हो ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत शम्शेरबहादुर राईले घटना भएको लामो समय बितिसक्दा पनि अनुसन्धानमा ढिलासुस्ती भएको भन्दै दोषीलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन मागसहित बुधबार ज्ञापनपत्र प्राप्त भएको बताए।

गत भदौ ३० गते साँझ पञ्चमी बजारमा सञ्चालित अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत रेश्मिकाको कार्यालयबाट घर फर्किने क्रममा मार्से सामुदायिक वनको ह्याकुलेस्थित रमिते भन्ने स्थानमा बीभत्स हत्या गरेको अवस्थामा सोही राति शव फेला परेको थियो । प्रारम्भिक तथ्यहरूले रेश्मिकालाई सामूहिक बलात्कारपछि हत्या गरेको प्रमाण हुँदाहुँदै पनि हालसम्म अभियुक्तहरूलाई पक्राउ नगरेको पीडित परिवार तथा दलित अधिकारकर्मीहरूले आरोप लगाउँदै आएका छन् ।

ज्ञापनपत्रमा घटनामा संलग्न व्यक्तिहरू समाजमा खुलेआम हिँडिरहेकाले पीडित परिवारले असुरक्षा महसुस गरेको भन्दै उनीहरूलाई तत्काल शान्तिसुरक्षा प्रदान गर्न ध्यानाकर्षण गरिएको संयुक्त दलित संघर्ष समिति खोटाङका अध्यक्ष दीपक ठटालले बताए ।

दलित महिला अभियान नेपालकी केन्द्रीय कोषाध्यक्ष सरस्वती रामदाम विश्वकर्माले बलात्कारपछि हत्याजस्तो जघन्य घटनाको निष्पक्ष र सूक्ष्म अनुसन्धानका लागि तत्काल उच्चस्तरीय छानबिन समिति गठन गरी कुनै पनि दबाब वा प्रभावबिना सत्यतथ्य सार्वजनिक गर्न सरकारसमक्ष माग गरिएको बताए ।