२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेल्जियमको इयू टी-२० लिगमा आठ नेपाली खेलाडी अनुबन्ध, कुन कुन खेलाडी समेटिए ?

अ+ अ-

काठमाडौँ । बेल्जियममा आयोजना हुने इयू टी-२० लिगमा नेपालका आठ जना क्रिकेट खेलाडी विभिन्न फ्रेन्चाइज टोलीमा आबद्ध भएका छन्। एउटै विदेशी फ्रेन्चाइज लिगमा यति धेरै नेपाली खेलाडी एकै पटक सहभागी हुन लागेको यो पहिलो घटना हो।

बेल्जियमको राजधानी ब्रसेल्समा सम्पन्न ड्राफ्टमार्फत थप खेलाडी छनोट गरिएको हो। यसअघि नै दुई जना खेलाडी टोलीमा अनुबन्ध भइसकेका थिए भने ड्राफ्टबाट थप छ जना नेपाली खेलाडी चयन भएका हुन्। ड्राफ्टमा कुल २२ खेलाडीले नाम दर्ता गराएका थिए।

पहिले नै अनुबन्ध भएका खेलाडीमा सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी रहेका छन्। सन्दीपलाई लिएज रेड लायन्स र दीपेन्द्रलाई जेबी ब्रुजले टोलीमा समेटेका हुन्। मंगलबारको ड्राफ्टमा राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेललाई ग्लेन्ट ग्लाडिएटर्सले अनुबन्ध गरेको छ।

त्यसैगरी, विकेटकिपर ब्याटर आसिफ शेखलाई आन्थ्रोप एंकर्सले टोलीमा भित्र्याएको छ। जेबी ब्रुजले दीपेन्द्रसँगै थप चार नेपाली खेलाडी पनि समेटेको छ। ती खेलाडीहरूमा अनिलकुमार साह, गुल्सन झा, ललितनारायण राजवंशी र ईशान पाण्डे रहेका छन्।

यस लिगमा सहभागी हुने टोलीहरूमा आन्थ्रोप एंकर्स, ग्लेन्ट ग्लाडिएटर्स, एक्सेल युनाइटेड, जेबी ब्रुज र लिएज रेड लायन्स रहेका छन्।

इयू टी-२० लिग बेल्जियमको पहिलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता हो। बेल्जियन क्रिकेट फेडरेसन र डेस्टिनो लिजेन्ड्स स्पोर्ट्स एलएलसीबीचको सहकार्यमा आयोजना हुने यो प्रतियोगिता आगामी जुन ६ देखि १४ सम्म सञ्चालन हुनेछ।

लिगको संरचनाअनुसार पाँच टोलीले राउन्ड-रोबिन चरणमा प्रतिस्पर्धा गर्नेछन्। त्यसपछि शीर्ष चार टोली प्लेअफ चरणमा प्रवेश गर्नेछन्। प्रत्येक टोलीमा १८ जना खेलाडी रहने व्यवस्था गरिएको छ, जसमा बेल्जियन खेलाडी, एसोसिएट राष्ट्रका खेलाडी, पूर्ण सदस्य राष्ट्रका सक्रिय खेलाडी तथा अनुभवी भेट्रान खेलाडी समावेश हुने प्रावधान छ।

यस प्रतियोगितामा पूर्व इंग्ल्यान्ड कप्तान इयोन मोर्गन ग्लोबल ब्रान्ड एम्बेसडर रहेका छन्। उनले ड्राफ्ट कार्यक्रममा उपस्थित भई सहभागी खेलाडीहरूलाई शुभकामना व्यक्त गरेका थिए।

नेपाली खेलाडीहरूको यो सहभागिताले अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेटमा नेपालको उपस्थिति विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।