२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सचिव विडारी अवकाश

अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा विडारी अवकाश भएका छन् ।

२०४६ साउन १ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ओभरसियरका रूपमा निजामती सेवामा प्रवेश गरेका विडारी ३८ वर्ष ८ महिना ८ दिनको जागिरे जीवन पूरा गरी सोमबारदेखि अवकाशमा गएका हुन् ।

अधिकांश समय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र त्यसअन्तर्गतका निकायमै बिताएका विडारीले जल तथा ऊर्जा आयोग, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सीमित बसाइबाहेक आफ्नो करियरको मुख्य हिस्सा भौतिक क्षेत्रमा केन्द्रित राखेका थिए ।

सेवा प्रवेशपछि २०४७ माघ १० गते सडक विभाग, पुल, काठमाडौँमा पुगेका उनी २०४९ असोज २६ गते डिभिजन सडक कार्यालय, भरतपुर, चितवन तथा २०५० मंसिर २२ गते पुनः सोही कार्यालयमा कार्यरत रहे । २०५३ साउन १ गते ओभरसियरबाट इन्जिनियरमा बढुवा भई डिभिजन सडक कार्यालय नं। १, इलाममा काम गरेका उनले २०५५ भदौ २८ गते म।प। डिभिजन सडक कार्यालय, प्युठान, २०५७ असोज २७ गते डिभिजन सडक कार्यालय, बुटवल र २०५९ पुस २३ गते डिभिजन सडक कार्यालय, लहान, सिराहामा कार्यसम्पादन गरे ।

२०६२ कार्तिक ७ गते भौतिक योजना तथा निर्माण मन्त्रालय, काठमाडौँमा नियुक्त भई २०६२ कार्तिक २१ गते पदस्थापन भएका विडारी २०६४ साउन २० गते पुनः सडक विभाग, पुल, काठमाडौँ पुगे । त्यसपछि ललितपुर र काठमाडौँमा कार्यरत रहँदै २०६९ फागुन १७ गते सुपरिटेन्डेन्ट इन्जिनियर (सहसचिवस्तर) भएका उनी २०७० साउन ३ गते सडक विभागको उपमहानिर्देशक बने ।

२०७४ असोज ९ गते मन्त्रालयमा आएका विडारी २०७५ मंसिर १६ गते पुनः विभागमै उपमहानिर्देशकका रूपमा कार्यरत रहे । २०७७ फागुन ३ गते मन्त्रालय फर्केका उनी २०७९ साउन ३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा सरुवा भए ।

त्यहीँ कार्यरत रहँदा २०७९ कार्तिक १६ गते सचिवमा बढुवा भई ऊर्जा, जलस्रोत तथा सिँचाइ आयोगमा पदस्थापन भएका विडारी २०७९ माघ ४ गते पुनः भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा फर्किएका थिए । २०८० चैत १५ गतेको निर्णयअनुसार जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा भई करिब चार महिना त्यहाँ कार्यरत रहेका उनी २०८१ साउन १४ गते पुनः भौतिकमै फर्किएका थिए ।

सचिव पदमा करिब तीन वर्ष चार महिनाको अवधिमध्ये सीमित समय बाहेक भौतिक पूर्वाधार क्षेत्रमै सक्रिय रहेका विडारी सोही मन्त्रालयमै कार्यरत रहँदै अवकाशमा गएका हुन् ।

उनको अवकाशसँगै मन्त्रालयमा एक सचिव पद रिक्त भएको छ ।