२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भवानी राणाले भनिन् : ‘निजी क्षेत्र एकीकृत भए मात्र सरकारले हाम्रो आवाज सुन्छ’

अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले निजी क्षेत्रका व्यवसायीहरू एकीकृत भएर अगाडि बढ्नुपर्नेमा जोड दिएकी छन् । 

महासंघको उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै उनले व्यवसायीहरूबीच एकता (सोलिडारिटी) भए मात्र सरकारले निजी क्षेत्रको आवाज सुन्ने र महत्त्व दिने बताएकी हुन्। 

उनले वर्तमान सरकारले निजी क्षेत्रलाई ‘ड्राइवीङ फोर्स’ को रूपमा लिएर ५ वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउने लक्ष्य राखेको स्मरण गराउँदै यो लक्ष्य उद्योग, रोजगारी, उत्पादन र निर्यात बढेमा मात्र सम्भव हुने उल्लेख गरिन् । 

उनले भनिन्, ‘हामीमा पनि भिन्नता भयो र अलगअलग बाटोमा गयौँ भने सरकारले हामीलाई कमजोर पक्षको रूपमा हेर्छ । त्यसैले हामी सबै व्यवसायी एकीकृत भएर सोलिडारिटीका साथ अगाडि बढौँ। यो टिम एउटा बलियो टिम हो । उनीहरूले जिल्लाका समस्याहरूलाई नीतिगत तहसम्म पुर्‍याउन र वस्तुगत क्षेत्रका एजेण्डाहरूलाई अगाडि बढाउन सक्षम छन् ।’ 

उनले आगामी दिनमा महासंघलाई अझ सशक्त रूपमा अगाडि बढाउन यो टिमको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरिन् ।