काठमाडौँ । आज प्रि-ओपन सेसनमा नेप्से परिसूचक ८ अंक बढीले वृद्धि भएर बन्द भएको छ। यो समयमा ९१ वटा स्क्रिप्सको १९ हजार ८६६ कित्ता सेयर १ करोड ९ लाख ९ हजार १५ रुपैयाँमा खरिदबिक्री भएका छन्।
कारोबारमा आएकामध्ये ५३ वटा स्टक्सको मूल्य बढ्दा २८ वटाको घटेको छ।
बाँकी ८ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ ।







