२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

अ+ अ-

गण्डकी । आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्यले पूर्वी नेपालको प्रमुख सहरलाई लक्षित गरी ‘जाउँ है पोखरा’ कार्यक्रम सुरुआत गरिएको छ ।

होटेल संघ नेपाल (हान) पोखराको आयोजना एवम् नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको समन्वय तथा सहकार्यमा आयोजित सो कार्यक्रम आजदेखि चैत १३ गतेसम्म जारी रहने छ ।

विगत २२ वर्षदेखि सञ्चालन भैराखेको सो अभियान वीरगञ्ज, हेटौँडा, विराटनगर, इलाम लगायतका सहरमा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम आयोजना हुने संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

पोखरामा क्रियाशील पर्यटन व्यवसायी, होटेल व्यवसायीका साथै सञ्चारकर्मी सहितको १९ सदस्यीय टोलीले अभियानका क्रममा पूर्वी नेपालका पर्यटन व्यवसायीसँग पर्यटकीय साझेदारी, छलफल, अन्तरक्रिया गर्नुुका साथै प्रचार सामग्री वितरण गरिने उनले बताए ।

उक्त क्रममा आन्तरिक पर्यटनका विभिन्न आकर्षक प्याकेजसमेत सार्वजनिक गरिने उनले जानकारी दिए । “संघकै आयोजनामा हरेक नेपाली नयाँ वर्षका अवसरमा गरिँदै आएको फेवा नव वर्ष महोत्सवको २१औँ संस्करणका लागि पूर्वी नेपालका स्थानीयलाई निम्तो दिनुपनि हाम्रो कार्यक्रमको उद्देश्य हो”, उनले भने । महोत्सव चैत २९ गतेदेखि वैशाख १ गतेसम्म फेवातालको किनारा लेकसाइड क्षेत्रमा सञ्चालन हुनेछ । नेपाली कला र संस्कृतिको संरक्षण र सम्बद्र्धनको मुख्य उद्देश्यसहित पर्यटन, संस्कृति र खानालाई जोड दिएर महोत्सव गरिँदै आइएको छ ।

पोखरा पर्यटनको राजधानी रहेको र यस सहरलाई पर्यटकको पहिलो रोजाइको गन्तव्य बनाउन यस अभियानले महत्वपूर्ण सहयोग पुर्‍याउने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बताए ।

कार्यक्रमका अवसरमा पूर्वी नेपाल र पोखराबीचको पर्यटकीय साझेदारी बढाउने लक्ष्य राखिएको छ । विगतमा पोखराबाट भद्रपुर र विराटनगरलगायत सहरसम्म सञ्चालित सिधा हवाई सेवालाई पुन: नियमितता प्रदान गर्न र ती सहरबाट पोखरासम्मस्तरीय पर्यटक बस सेवा सञ्चालनका लागिसमेत पूर्वका पर्यटन व्यवसायीसँग सहकार्यको प्रस्ताव राखिने छ ।

पोखराको होटेल क्षेत्रमा मात्रै छ खर्बको लगानी भएको बताउँदै अध्यक्ष सुवेदीले यहाँ करिब एक हजार २०० को सङ्ख्यामा होटेल रहेको जानकारी दिए ।

पोखरामा सञ्चालित होटेलका कारण करिब १५ हजार जनाले प्रत्यक्ष रोजगारी पाएको संघले जनाएको छ ।