२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नियमित महाधिवेशनमार्फत पार्टी सुदृढ गर्न काँग्रेस सहमहामन्त्रीको सुझाव

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस भित्र आन्तरिक एकता र संगठनात्मक सुदृढीकरणका लागि नियमित महाधिवेशनलाई आधार बनाउनुपर्ने धारणा अघि सारिएको छ।

पार्टीकी सहमहामन्त्री डिला संग्रौलाले केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै आगामी प्रदेश तथा स्थानीय तहका निर्वाचनलाई लक्षित गरी संगठनलाई एकीकृत र मजबुत बनाउन नियमित महाधिवेशन आवश्यक रहेको बताएकी हुन्।

उनका अनुसार विगतमा विशेष महाधिवेशनमार्फत नेतृत्व चयन गर्दा अपेक्षित सन्देश जनस्तरसम्म प्रभावकारी रूपमा पुग्न नसकेको अनुभव रहेकाले अब त्यसलाई सुधार गर्दै पार्टीलाई आगामी निर्वाचनमा अग्रणी शक्तिका रूपमा स्थापित गर्न केन्द्रित हुनुपर्ने आवश्यकता छ।

संग्रौलाले पार्टीले आफ्ना कमजोरीहरू सच्याउँदै अगाडि बढ्न नसके भविष्यमा निर्वाचन परिणाम अझ चुनौतीपूर्ण हुन सक्ने चेतावनी दिएकी छिन्। उनका भनाइमा, पार्टीलाई विश्वसनीय र जनमुखी बनाउने हो भने सबै पक्षबीच समन्वय र सहकार्य अपरिहार्य छ।

त्यस्तै, प्रतिनिधिसभा निर्वाचनको नतिजालाई लिएर केवल एक व्यक्तिलाई जिम्मेवार ठहर गर्नु उचित नहुने र नेतृत्व परिवर्तनले मात्र सबै समस्या समाधान नहुने उनको तर्क छ।

उनले आगामी पाँच वर्षलाई जनताको सरोकारसँग जोडिएका मुद्दामा केन्द्रित गर्दै पार्टीले आफ्नो भूमिका सशक्त बनाउनुपर्ने आवश्यकता औँल्याएकी छिन्। साथै, नियमित महाधिवेशनमार्फत विषय विज्ञ तथा समाजमा प्रभाव राख्ने व्यक्तिहरूलाई नीतिगत तहमा समेट्न सकिने व्यवस्था गर्नुपर्ने सुझाव पनि प्रस्तुत गरेकी छिन्।

बैठकमा उनले नेतृत्व हस्तान्तरण, पुस्तान्तरणको सुनिश्चितता, संगठनात्मक पुनर्संरचना तथा डिजिटल प्रविधिको उपयोगलगायत विषय समेटिएका सात बुँदे प्रस्ताव पनि पेश गरेकी छिन्, जसले पार्टीको भावी कार्यदिशा तय गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।