काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण तयारी सम्पन्न भएको जानकारी दिएको छ।
क्यानका अनुसार प्रतियोगितामा उपाधि जित्ने टोलीले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने दोस्रो स्थान हासिल गर्ने टोलीलाई ५ लाख रुपैयाँ प्रदान गरिनेछ।
प्रतियोगिता भोलिबाट काठमाडौँको मूलपानी क्रिकेट मैदानमा सुरु हुने कार्यक्रम रहेको छ।







