२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रसूति गृह र काठमाडौँ महानगरबीच स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका लागि प्लान्ट निर्माणबारे सम्झौता

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबीच स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका लागि प्लान्ट निर्माण गर्ने उद्देश्यले अनुदानसम्बन्धी सम्झौता सम्पन्न भएको छ।

बिहीबार राजधानीमा आयोजित कार्यक्रममा दुवै पक्षबीच समझदारी पत्रमा हस्ताक्षर गरिएको हो। सम्झौता अनुसार प्रसूति तथा स्त्रीरोग अस्पतालले महानगरअन्तर्गत सञ्चालनमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूबाट उत्पन्न हुने स्वास्थ्यजन्य फोहोरलाई व्यवस्थित गर्न आवश्यक प्लान्ट स्थापना गर्नेछ।

महानगरपालिकाले चालु आर्थिक वर्षका लागि स्वीकृत बजेटमार्फत उक्त परियोजनाका लागि दुई करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिएको छ।

सम्झौतासम्बन्धी कार्यक्रममा महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूको विस्तारसँगै स्वास्थ्यजन्य फोहोरको व्यवस्थापन थप जटिल बन्दै गएको कारण यस प्रकारको सहकार्य आवश्यक परेको बताइन्। उनले महानगर क्षेत्रमा स्थान अभावका कारण फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको उल्लेख गरिन्।

उनका अनुसार यस सहकार्यले प्रसूति गृह र महानगरका स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूबाट उत्पन्न हुने फोहोरलाई एउटै स्थानमा प्रभावकारी रूपमा व्यवस्थापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यवाहक प्रमुख डंगोलले यसअघि विभिन्न अस्पतालसँग फोहोर व्यवस्थापनका विषयमा छलफल भए पनि अपेक्षित परिणाम नआएको उल्लेख गर्दै, हाल गरिएको सम्झौताले व्यावहारिक समाधान दिन सक्ने विश्वास व्यक्त गरिन्। उनले प्लान्ट निर्माण कार्य शीघ्र सुरु गरी समयमै सञ्चालनमा ल्याउन अस्पताललाई आग्रहसमेत गरिन्।