२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई सय पाँच गोही राप्ती नदीमा छाडियो

अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा हुर्काइएका घडियाल गोहीमध्ये २५० गोहीलाई राप्ती नदीमा छाडिएको छ । चालु आर्थिक वर्षमा राप्ती नदीका विभिन्न स्थानमा ती गोही छाडिएका हुन् । 

गत आर्थिक वर्षमा गोही प्रजनन केन्द्रमा हुर्काइएका १३३ गोही नदीमा छाडिएका थिए । केन्द्रमा हुर्काइएका गोहीमध्ये हालसम्म दुई हजार २८० गोही विभिन्न नदीमा छाडिएका छन् । कार्यालयका  सूचना अधिकारी अविनाश थापा मगरका अनुसार नारायणी नदीमा ४१९, राप्ती नदीमा एक हजार ५२५, कालीगण्डकी नदीमा ३५, सप्तकोसीमा १०५ र कर्णालीमा ४१ वटा गोही छाडिएका छन् ।

त्यसैगरी बबई नदीमा ११०, चौधर नदीमा २५ र बाँकेको पश्चिम राप्ती नदीमा १० वटा गोही छाडिएको उनले जानकारी दिए ।  हाल निकुञ्जको प्रजनन केन्द्रमा ५९८ वटा गोही छन् ।  झण्डै पाँच वर्ष उमेरका गोहीलाई नदीमा छाडिन्छ । सन् १९७८ मा केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो ।

हालसम्म सबैभन्दा बढी राप्ती नदीमा छाडिएको छ । नेपालमा धेरै गोही पाइने नदीमा राप्ती पर्दछ । गोही छाडिएका नदी किनारमा अण्डा संकलन गरी प्रजनन केन्द्रमा ह्याचिङ गरेर चल्ला निकाल्ने गरिन्छ । 

तीनै चल्ला हुर्काएर नदीमा छाड्ने गरिएको हो । नदीमा छाडिएका बच्चा न्यून संख्यामा हुर्किएको पाइन्छ भने धेरै बगेर भारत पुग्ने गर्दछन् । कतिपय जालमा परेर र सिकारीको आक्रमणमा पर्ने गर्दछन् । नदी प्रदूषणका कारण पनि गोही उच्च जोखिममा पर्ने गरेको छ ।