२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेस प्रदेशमा नेकपाको संसदीय दल नेतृत्वमा भट्टराई चयन

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मधेस प्रदेश सभामा चौथो ठूलो राजनीतिक शक्तिका रूपमा स्थापित भएको छ। जनमत पार्टी अघि रहँदै आएको स्थान हाल दल एकीकरणपछि नेकपाले ओगटेको हो।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टी का प्रतिनिधित्व जोडिँदा मधेस प्रदेशसभामा नेकपाको कुल १५ सिट पुगेको छ।

२०७९ को निर्वाचन परिणाम अनुसार माओवादी केन्द्रसँग ९ सिट रहेकोमा पछिल्लो राजनीतिक घटनाक्रमपछि उक्त संख्या घटेर ७ मा सीमित भएको थियो। संसदीय दलका नेता रहेका भरत साह ले प्रदेशसभा सदस्य पद त्यागेका थिए भने रहबर अन्सारी ले दल परिवर्तन गरेका कारण यो अवस्था आएको हो। अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टी बाट बारा-४ मा निर्वाचित भई प्रतिनिधि सभा सदस्य बनेका छन्।

साहको राजीनामापछि नेकपाको प्रदेश संसदीय दलको नेतृत्वमा युवराज भट्टराई चयन भएका छन्। उनी यसअघि माओवादी केन्द्रको प्रदेश संसदीय दलका उपनेता थिए।

हाल मधेस प्रदेश सरकारमा नेकपाले तीन वटा मन्त्रालय सम्हालिरहेको छ। १०७ सदस्यीय प्रदेशसभामा हाल ६ स्थान रिक्त रहेका छन्। प्रतिनिधिसभा निर्वाचनमा भाग लिन पूर्वमुख्यमन्त्री सतिश सिंह, सभामुख रामचन्द्र मण्डल, भरत साह तथा रहबर अन्सारीले पदबाट राजीनामा दिएका थिए। साथै अभिराम शर्मा र सरोज सिंह निलम्बनमा रहेका छन्।

वर्तमान संरचनाअनुसार मधेस प्रदेशसभामा नेकपा एमाले का २४, नेपाली काँग्रेस का २२, जसपा नेपाल का १९, नेकपाका १५, जनमत पार्टीका १२, लोकतान्त्रिक समाजवादी पार्टी का ८ तथा नेपाल संघीय समाजवादी को १ सिट रहेको छ।

केन्द्रमा लोकतान्त्रिक समाजवादी पार्टी र जसपा नेपाल बीच एकीकरण भइसके पनि प्रदेश तहमा त्यसको समायोजन प्रक्रिया अझै सम्पन्न भइसकेको छैन।