२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरा महानगर प्रमुख आचार्य र जर्मन राजदूतबिच शिष्टाचार भेटवार्ता

अ+ अ-

काठमाडौँ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग नेपालका लागि जर्मनीका राजदूत युडो इयुजेन भोल्जले शिष्टाचार भेटवार्ता गरेका छन् । पोखरा महानगरपालिकामा मंगलबार भएको भेटवार्तामा दुईपक्षीय हितका सन्दर्भमा छलफल भएको जनाइएको छ ।

भेटवार्ताका क्रममा नगर प्रमुख आचार्यले जर्मन सरकारको सहयोगमा पोखरामा सञ्चालित परियोजनाको प्रगतिबारे जानकारी गराउँदै कतिपय नीतिगत विषय कार्यान्वयनको चरणमा रहेको बताए।

जर्मन सरकारको स्वामित्वमा दिगो विकास, आर्थिक वृद्धि र वातावरण संरक्षणलाई बढवा दिँदै अन्तरराष्ट्रिय विकास समन्वयमा क्रियाशील ‘जिआइजेड’को सहयोगमा पोखरामा तयार गरिएको पञ्चवर्षीय नगर ऊर्जा योजना कार्यान्वयनको चरणमा रहेको नगर प्रमुख आचार्यले बताए।

उक्त योजना अनुसार गरिबी निवारण र वैकल्पिक ऊर्जाको प्रयोगलाई बढवा दिन थप सहकार्यका लागि आफूहरू तत्पर रहेको उनले उल्लेख गरे। साथै नगर प्रमुख आचार्यले पोखरामा पर्यटन पूर्वाधारको निर्माण, सांस्कृतिक आदानप्रदान र जर्मनका नगरहरूसँग भगिनीसम्बन्ध कायम गर्न इच्छुक रहेको उल्लेख गर्दै यसका लागि आवश्यक पहल तथा प्रयत्न गर्न राजदूत युडोलाई अनुरोध गरे । उनले सम्भव भए पोखरा–जर्मनी अन्तरराष्ट्रिय उडानकोसमेत पहलका लागि आग्रह गरे ।

वाफमा राजदूत युडोले आफू पहिलो पटक पोखरा आएकाले यो सहर आफूलाई निकै सुन्दर लागेको उल्लेख गरे। भूगोलका हिसाबले पहाडकोबीच हिमालको काखमा अवस्थित पोखराको थप विकास, समृद्धि र वातावरणीय सुधारका क्षेत्रमा मिलेर काम गर्न सकिने उनले बताए।

नेपाल र जर्मनीको कूटनैतिक सम्बन्ध लामो समयदेखि पारस्परिक हित र सहकार्यमा आधारित रहेको बताउँदै उहाँले पोखरामा ऊर्जादक्षता अभिवृद्धि, वातावरणीय सुधार, पर्यटन प्रवर्द्धन तथा दिगो विकासका लक्ष्य हासिल गर्ने गरी थप सहकार्यको पहल गर्ने बताए।

भेटवार्तामा पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराज अर्याल, प्रवक्ता मोतीलाल तिम्सिना, महानगरको वैदेशिक सम्बन्ध विभाग प्रमुख सुवास ढुंगानालगायतको सहभागिता रहेको थियो।