२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नाइजेरियामा भएको आक्रमणमा २३ जनाको मृत्यु, सय भन्दा बढी घाइते

अ+ अ-

काठमाडौँ । उत्तरपूर्वी नाइजेरियामा भएको आत्मघाती आक्रमणमा कम्तिमा २३ जनाको मृत्यु हुनुका साथै एक सय भन्दा बढी घाइते भएको प्रहरीले मंगलबार जनाएको छ ।

यस अघि सैन्य केन्द्रमा भएको आक्रमण र डिसेम्बरमा मस्जिदमा भएको बम विष्फोट र आक्रमणहरूले सहर अशान्त बनेको छ भने नाइजेरियाको लामो समयदेखि चलिरहेको विद्रोह ग्रामीण भित्री इलाकामा धकेलिएपछि समस्या झनै बढेको छ ।

बोको हराम र प्रतिद्वन्द्वी जिहादी समूह इस्लामिक स्टेटले वेस्ट अफ्रिका प्रोभिन्स (आइएसडब्लुएपी) का लडाकुहरूले हालै उत्तरपूर्वी नाइजेरियामा आक्रमण बढाएको जनाइएको छ ।

उनीहरूको १६ वर्ष देखिको यो अभियानले ४० हजार भन्दा बढी मानिसहरूको ज्यान लिएको छ भने करिब २० लाख विस्थापित भएका छन् ।

प्रहरी प्रवक्ता नाहुम केनेथ दासोले प्रारम्भिक अनुसन्धानले घटना संदिग्धहरूले गरेको खुलासा गरेको उल्लेख गरेको विज्ञप्ति जारी गर्दै प्रहरीले घटनाको पुष्टि गरेको छ ।

एक जिहादी विरोधी सदस्यलाई उदृत गर्दै एएफपीले विस्फोटबाट मृत्यु हुनेहरूको सङ्ख्या ३१ पुगेको हुन सक्ने बताएको छ ।

आक्रमणकारीहरूले सहरको मुख्य बजार, मैदुगुरी विश्वविद्यालय शिक्षण अस्पतालको गेट र हुलाक कार्यालय फ्लाइओभर वरपरको क्षेत्रमा आक्रमण गरेको जनाइएको छ ।

मंगलबारको बयानमा प्रहरीले प्रभावित क्षेत्रहरूको सामान्य अवस्था पुन:स्थापित गरी सकेको र सुरक्षा बलले मैदुगुरी र यसको वरपरको क्षेत्रमा थप घटना हुन नदिन निगरानी बढाएको बताएको छ ।