२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुल्मीमा २३ सयभन्दा बढी किशोरीलाई एचपिभी खोप खोप लगाइयो

अ+ अ-

काठमाडौँ। गुल्मी जिल्लामा लक्षित समूहका २३ सयभन्दा बढी बालबालिका र किशोरीले पाठेघरको क्यान्सर रोकथामको लागि एचपिभी खोप प्राप्त गरेका छन्।

स्वास्थ्य कार्यालय गुल्मीका कोल्डचेन असिस्टेन्ट श्याम कुमार पालका अनुसार माघ २५ देखि फागुन २ गतेसम्म जिल्लाभरका सबै स्थानीय तहमा खोप अभियान सञ्चालन गरिएको हो। अभियानअन्तर्गत कुल २४ सय ६२ बालिकालाई खोप लगाउने लक्ष्य तोकिएकोमा २३ सय ५८ जनाले खोप लगाएका छन्।

उक्त अभियानमा रेसुंगा नगरपालिकामा ३१९ जना (लक्ष्य ३१४), मुसीकोट नगरपालिकामा २६८ जना (लक्ष्य २९१), इस्मा गाउँपालिकामा १६८ जना (लक्ष्य १८१), कालीगण्डकी गाउँपालिकामा ११४ जना (लक्ष्य १२१), गुल्मीदरबार गाउँपालिकामा १२९ जना (लक्ष्य १४०), चन्द्रकोट गाउँपालिकामा १७३ जना (लक्ष्य १८०), छत्रकोट गाउँपालिकामा १७६ जना (लक्ष्य १६६) र धुर्कोट गाउँपालिकामा २०२ जनाले खोप लगाएका छन्।

मदाने गाउँपालिकामा २११ जना, मालिका गाउँपालिकामा २७१ जना, रुरुक्षेत्र गाउँपालिकामा १५७ जना र सत्यवती गाउँपालिकामा १७० जना किशोरीले खोप लगाएका छन्।

खोप अभियान विद्यालयमा कक्षा ६ मा अध्ययन गर्ने छात्रा र विद्यालय नजाने १० वर्षका किशोरीलाई लक्षित गरेर सञ्चालन गरिएको थियो। अभियान सफल बनाउन २२८ खोप केन्द्रमा समान संख्यामा स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेवक परिचालन गरिएको थियो।

गत वर्ष यस जिल्लामा १० हजार ८४३ बालिकालाई एचपिभी खोप लगाइएको थियो। यस वर्ष मुख्य रूपमा कक्षा ७ देखि १० का छात्रा र विद्यालय बाहिर रहेका ११–१४ वर्षका किशोरीलाई लक्षित गरिएको अभियान थियो।