२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राहुघाट-पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

अ+ अ-

म्याग्दी । रघुगंगा गाउँपालिका-३ राहुघाटदेखि पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण भएको छ । सडक निर्माणसँगै विस्थापित भएको रघुगंगा गाउँपालिकाको १, २, ३, ४, ७ र ८ नम्बर वडाका बासिन्दाले जिल्ला सदरमुकाम बेनी आउन जान प्रयोग गर्ने परम्परागत पदमार्गलाई पुन:निर्माण र व्यवस्थित गरिएको हो । 

एकीकृत सेवा कार्यालय म्याग्दीको सहयोगमा राहुघाटदेखि बगैँचातर्फ ८० मिटर पक्की सिँढी र १३७ मिटर दूरीमा फलामको रेलिङसहितको पदमार्ग निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष लेखनाथ शर्माले जानकारी दिए। 

उनका अनुसार गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा रु पाँच लाख बजेट विनियोजन गरेको उक्त पदमार्ग निर्माणका लागि उपभोक्ताले रु ३६ हजारबराबरको श्रमदान गरेका छन् । 

दुई दशकअघि सडकको मार्ग खुलेपछि विस्थापित बनेको पदमार्ग पछिल्लो समय पहिरोका कारण छियाछिया हुँदा विशेष गरेर घाटमा शव ल्याएर आउन मलामीलाई असहज भएको थियो । भिरालो र अप्ठ्यारो ठाउँमा पदमार्ग तथा रेलिङ बनेपछि सहज र सुरक्षित रूपमा यात्रा गर्न पाएका बगैँचाका बासिन्दा नारायण सुवेदीले बताए ।  

म्याग्दी १ (क) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले जिल्लाकै ठूलो बस्तीका बासिन्दाले प्रयोग गर्ने पदमार्गलाई व्यवस्थित गर्ने कार्यलाई पूर्णता दिन आगामी वर्षको वार्षिक योजनामा समावेश गरी बजेट विनियोजन गराउन पहल गरिने बताए ।