२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महावीरको सानदार जित: ‘विजयपछि उत्सव होइन, जिम्मेवारीको सन्देश’

अ+ अ-

बेनी (म्याग्दी) । म्याग्दीमा विगतका वर्षहरूमा निर्वाचनपछि विजेताले खुसी साँट्ने तडकभडकपूर्ण ‘विजयी उत्सव’ले बजार क्षेत्र कोलाहलपूर्ण बन्ने गरेको थियो । निर्वाचित उम्मेदवार र दलका नेता, कार्यकर्ताले चर्को ध्वनि प्रदूषणसहित एकअर्का पार्टी र प्रतिस्पर्धी लक्षित नाराबाजी गर्ने पुरानै प्रचलन थियो । तर शनिबार बिहान प्रतिनिधि सभा सदस्य निर्वाचनमा भारी मतान्तरले विजयी हुनुभएका स्वतन्त्र उम्मेदवार महावीर पुनको जितमा भने फरक अभ्यास देखियो ।

पुनले आफ्नो विजय सुनिश्चित भएसँगै मतदाता र शुभेच्छुकलाई कुनै पनि तडकभडक हुने खालको विजयी र्याली र उत्सव नगर्न आग्रह गर्दै सन्देश जारी गरेका थिए। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेपछि उनलाई बधाई दिन मतदाता र शुभेच्छुकहरू सडकमा भेला भएका थिए ।

मतदातालाई सम्बोधन गर्दै पुनले निर्वाचनमा जित–हार हुनु सामान्य प्रक्रिया भएको बताउँदै आफूले जितलाई उत्सव नभई जनताप्रतिको जिम्मेवारीका रूपमा लिएको बताए । “मुख्यगरी शिक्षा नीति सुधार गर्न म उम्मेदवार भएको थिएँ । जनताले भोट दिएपछि म निर्वाचित भएँ । अब कुनै खुसी मनाउने कुरा होइन, जिम्मेवारीको भारी बोकेर काम गर्ने कुरा हुन्छ । मतदानमा सहभागी सम्पूर्ण मतदाताप्रति म आभारी छु”, पुनले भने ।

निर्वाचनमा कतिपय उम्मेदवारले विजयपछि र्याली गर्ने गरेको उल्लेख गर्दै उनले जितमा मात्तिने र हारमा आत्तिने काम दुवै गलत भएको बताए । “चुनावमा विजयी भएपछि धेरै मतदाताले बेनी बजारमा विजयी उत्सव मनाउनुपर्ने भन्दै आग्रह गरिरहेका छन् । कतिपय साथीभाइले यति ठूलो खुसीमा किन उत्सव नगर्ने भन्नुभएको छ । तर मैले सार्वजनिक रूपमा विजयी उत्सव र्याली नगर्ने घोषणा गरिसकेको छु”, पुनले भने ।

निर्वाचनबाट एक जनामात्र विजेता हुने र अन्य उम्मेदवार पराजित हुने भएकाले विजेताले सबै उम्मेदवारको भावनाको सम्मान गर्नुपर्ने उनले धारणा राखे । विजयी उत्सवका तडकभडकले कसैलाई जित–हारको पीडा महसुस गराउनु उचित नहुने भन्दै सांसद पुनले सबै उम्मेदवारको सम्मानका लागि आफूले विजयी उत्सव नगर्ने बताए ।

हरेक विजयी उत्सवमा धेरै नागरिकको समय र पैसा खर्च हुने गरेको उल्लेख गर्दै सांसद पुनले समय अमूल्य भएकाले त्यसलाई सही ठाउँमा उपयोग गर्न आग्रह गरे । साथै, उनले जिल्लाको विकासका लागि उम्मेदवार, राजनीतिक दल र सरोकारवालासँग मिलेर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहनुभएका पुन निकटतम प्रतिस्पर्धीभन्दा तेब्बर बढी मतान्तरले विजयी भए। उनले २२ हजार ८५० मत प्राप्त गर्दा नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठले सात हजार ९१९ मत पाए । त्यसैगरी नेपाली काँग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार ६७६, नेकपाका अर्जुन थापाले तीन हजार ५२९ र रास्वपाका युवराज रोकाले एक हजार ५३० मत प्राप्त गरे ।

नवनिर्वाचित प्रतिनिधि सभा सदस्य पुनलाई मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले औपचारिक रूपमा विजयी भएको प्रमाणपत्र प्रदान गरे । एकमात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा स्वतन्त्रसहित १२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । जिल्लामा ८६ हजार ३९७ मतदाता रहेकामा ४६ हजार २१५ मत खसेको थियो ।