२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमती प्रदेश उपसभापति हुमागाईंदारा रास्वपा परित्याग गरेको घोषणा

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईँले पार्टीसँगको औपचारिक सम्बन्ध अन्त्य गरेका छन्। उनले प्रदेश उपसभापतिको जिम्मेवारीसँगै साधारण सदस्यताबाट पनि अलग भएको जानकारी दिएका हुन्।

पार्टीको प्रदेश संरचना विस्तार र संगठन सुदृढीकरणमा, विशेष गरी काभ्रे क्षेत्रमा, आफ्नो सक्रिय भूमिका रहेको उल्लेख गर्दै उनले पछिल्लो समय संगठनभित्र देखिएका प्रवृत्तिप्रति असन्तुष्टि जनाएका छन्।

उनले दिएको राजीनामा पत्रमा संगठनात्मक प्रक्रियामा असन्तुलन, आन्तरिक लोकतान्त्रिक अभ्यास कमजोर बन्दै गएको अनुभूति, वित्तीय पारदर्शितासम्बन्धी प्रश्न तथा नेतृत्व तहमा मूल्य-मान्यतासँग असंगत व्यवहार देखिएको भन्दै पार्टी परित्यागको निर्णय लिएको उल्लेख गरिएको छ।

दीर्घकालदेखि योगदान दिएका कार्यकर्ताको भूमिकालाई पर्याप्त प्राथमिकता नदिई अन्य राजनीतिक पृष्ठभूमिबाट आएका व्यक्तिहरूलाई अवसर दिने प्रवृत्ति बढेको उनको भनाइ छ। उम्मेदवार छनोट तथा जिम्मेवारी वितरणमा योग्यता र संस्थागत मापदण्डभन्दा व्यक्तिगत प्रभावलाई प्राथमिकता दिइएको आरोप पनि उनले लगाएका छन्।

संगठन विस्तारका क्रममा विभिन्न तहका समिति गठन भए पनि तिनको प्रक्रिया, आधार र औचित्य स्पष्ट नभएको भन्दै उनले निर्णय प्रणाली क्रमशः व्यक्ति केन्द्रित हुँदै गएको टिप्पणी गरेका छन्।