काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भूमिहीन र सुकुमवासी समस्याको दीर्घकालीन समाधानको प्रतिबद्धता व्यक्त गरेका छन्।
सोमबार चितवनको आँपटारीमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै लामिछानेले अब पार्टीको नेतृत्वमा स्थायी सरकार गठन भएपछि भूमिहीन समस्या समाधान गर्न विशेष आयोग स्थापना गरिने बताए।
उनले आयोगमा कुनै पनि दलको प्रतिनिधित्व नराखी स्वतन्त्र विशेषज्ञहरूलाई समावेश गर्ने योजना रहेको जानकारी दिए।
सभापति लामिछानेले लामो समयदेखि राजनीतिक रूपमा मात्र प्रयोग हुँदै आएको भूमिहीन र सुकुमवासी समस्यालाई अब स्थायी समाधानको दृष्टिकोणले सम्बोधन गर्न आवश्यक रहेको बताएका छन्।
उनले आगामी सरकारले नीति, कानूनी र प्रशासनिक सुधारमार्फत वास्तविक भूमिहीनको पहिचान गरी न्यायोचित व्यवस्थापन सुनिश्चित गर्ने स्पष्ट पारेका छन्।







