२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुगुमा यस्तो छ चुनावी चहलपहल

अ+ अ-

मुगु । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लिएर मुगुमा चुनावी चहलपहल बढेको छ । विशेषगरी राजनीतिक दलहरुबीच यहाँ कडा प्रतिस्पर्धा हुने चर्चा छ ।

यस क्षेत्रबाट निर्वाचनमा नेपाली काँग्रेसबाट खडगबहादुर शाही, नेकपा (एमाले)बाट पूर्णहादुर रोकाया, नेपाली कम्युनिष्ट पार्टीबाट चन्द्रबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट भुवन टमाटा, नेकपा (माओवादी)का रङ्गवीर परियार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बलबहादुर मल्ल र प्रगतिशील लोकतान्त्रिक पार्टीका एटन मल्ल प्रतिस्पर्धामा छन् ।

विसं. २०७४ मा भएको प्रदेशसभा सदस्य निर्वाचनमा पराजित काँग्रेसका शाही अहिले प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रतिस्पर्धामा छन् । एमालेका रोकाया निवर्तमान जिल्ला समन्वय समितिका प्रमुख पनि हुन् । नेपाली कम्युनिष्ट पार्टीका शाही भने २०५६ सालको संसदीय निर्वाचनमा विजयी भएका थिए । उनी  विसं २०७४ को प्रदेशसभा सदस्यमा निर्वाचित भएर कर्णाली प्रदेश सरकारमा कृषि तथा सहकारीमन्त्रीसमेत भइसकेका छन् । 

विसं २०७९ मा भएको निर्वाचनमा समानुपातिकतर्फ एमाले पहिलो हुँदा काँग्रेस दोस्रो भएको थियो । साथै तेस्रोमा माओवादी केन्द्र र चौथोमा नेकपा (एकीकृत समाजवादी) पार्टी भएका थिए । तत्कालीन समयमा  एमालेले आठ हजार ६४३, नेपाली काँग्रेसले आठ हजार ४४०, माओवादी केन्द्रले  चार हजार ६५० र एकीकृत समाजवादीले दुई हजार ६१२ मत प्राप्त गरेका थिए । अहिले माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीच एकता भएर नेकपा भएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भुवन टमाटा आफूलाई नयाँ अनुहारका रूपमा प्रस्तुत गरेका छन् भने अन्य पार्टीका नेताले पनि आफूहरूको जित सुनिश्चित भएको दाबी गर्दै मत मागिरहेका छन् । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार मुगुमा ३६ हजार ३१ जना मतदाता छन् । चार वटा स्थानीय तह रहेको मुगुमा ६७ मतदानस्थल र ७९ मतदान केन्द्र तोकिएका छन् । विसं २०७९ को निर्वाचनमा यहाँ ७४ प्रतिशतले मतदान गरेका थिए । विसं २०७९ को निर्वाचनमा प्रत्यक्षतर्फको नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र नेपाली काँग्रेसले गठबन्धन गर्दा काँग्रेसका ऐनबहादुर शाहीले १४ हजार ७०६ मत प्राप्त गरेका थिए भने एमालेका उम्मेदवार राजबहादुर कार्कीले १० हजार ७१० मत ल्याएका थिए ।