२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘निर्वाचनले मुलुकको भावी दिशा निर्धारण गर्छ’ : नारायणकाजी श्रेष्ठ

अ+ अ-

काठमाडौँ । आगामी प्रतिनिधि सभा निर्वाचनलाई सामान्य आवधिक प्रक्रिया मात्र नभई मुलुकको भावी दिशा निर्धारण गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिनुपर्ने धारणा व्यक्त गरिएको छ । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले मतदातालाई सम्बोधन गर्दै निर्वाचन परिणामले देशको भविष्यमा निर्णायक प्रभाव पार्ने बताएका हुन् ।

सर्लाही जिल्ला क्षेत्र नं. ३ मा आयोजित चुनावी कार्यक्रमहरूमा बोल्दै उनले आफ्नो दलले निरंकुश शासन अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्त्वपूर्ण योगदान दिएको उल्लेख गरे । संविधानमार्फत दलित, जनजाति, महिला, मधेसी, मुस्लिम, श्रमिक वर्ग तथा पछाडि परेका समुदायको अधिकार सुनिश्चित गर्ने आधार तयार गरिएको दाबी पनि उनले गरे ।

संघीय शासन प्रणाली लागू भएसँगै राज्य संरचना केन्द्रबाट प्रदेश, स्थानीय तह र वडा तहसम्म विस्तार भई सेवा प्रवाह नागरिक नजिक पुगेको उनको भनाइ थियो । सुशासन र भ्रष्टाचार नियन्त्रण सन्दर्भमा विभिन्न चर्चित प्रकरणहरूमा अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको उल्लेख गर्दै उनले कानुनी शासन सुदृढीकरणमा जोड दिएको बताए ।

मिटरब्याज समस्यालाई गम्भीर सामाजिक चुनौतीका रूपमा उल्लेख गर्दै पीडितलाई न्याय दिलाउन आयोग गठन, कानुनी पहल तथा प्रशासनिक समन्वय गरिएको जानकारी उनले दिए । राजनीतिक परिवर्तनपछि अबको प्राथमिकता शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सुरक्षा, आवास, खानेपानी, विद्युत्, सडक तथा सिँचाइलगायत आधारभूत सेवामा सुधार गर्दै आर्थिक विकास र समृद्धि हासिल गर्नु रहेको पनि उनले बताए ।

अन्त्यमा उनले संविधान, गणतन्त्र, संघीयता, समावेशीकरण र सुशासनको संरक्षणका लागि आफ्नो दललाई समर्थन गर्न आग्रह गर्दै मतदातालाई निर्वाचन चिह्नमा मतदान गर्न अपिल गरेका छन् ।