२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपद्मा एपिएफ अस्पतालको भूमिका सराहनीय

अ+ अ-

काठमाडौँ । नेपाल एपिएफ अस्पतालले विपद्का समयमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरिएको छ ।

नेपाल एपीएफ अस्पतालको २४औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्राकृतिक विपद्, आपत्कालीन अवस्था, भूकम्प, कोभिड महामारी जस्ता चुनौतीको सामना गर्दै अस्पतालले जनस्वास्थ्यलाई सर्वोपरि ठानी कार्य गर्दै आइरहेको बताए ।

अस्पताल उपचार सेवामा मात्र सीमित नभई इमर्जेन्सी, प्याथोलोजी, रेडियोलोजी, डाइलेसिस सेवा, प्रसूति सेवालगायत आधुनिक सेवामा स्थापित हुँदै आएको भन्दै उनले सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

त्यस अवसरमा महानिरीक्षक अर्यालले अस्पतालमा कार्यरत रही वर्षभरि उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारी तथा अस्पताललाई सहयोग पुर्‍याउने विभिन्न सङ्घसंस्थाका प्रतिनिधिलाई कदरपत्र, पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

स्वास्थ्य सेवा केवल पेसा नभई मानवताको सेवा, करुणाको अभ्यास र राष्ट्रप्रतिको गहिरो प्रतिबद्धता भएको भन्दै महानिरीक्षक अर्यालले व्यक्तिगत लाभ, पदोन्नति र करियर केन्द्रित सोचभन्दा माथि उठेर राष्ट्र, सङ्गठन र जनताको सर्वोच्च हितलाई पहिलो प्राथमिकतामा राखी काम गर्न निर्देशनसमेत दिए ।

सोही अवसरमा अस्पतालमा ‘मडुलर अप्रेसन थिएटर’को उद्घाटन गरिएको छ । कार्यक्रममा अस्पतालका प्रमुख, प्राविधिक सशस्त्र प्रहरी नायब महानिरीक्षक डा रुपक महर्जनलगायतले धन्यवाद ज्ञापन गरेका थिए