२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

अ+ अ-

काठमाडौँ । आज हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस हो । हिंसात्मक उग्रवादसँगवविरुद्ध चेतना विस्तार र अन्तरराष्ट्रिय सहकार्य सुदृढी बनाउने उद्देश्यका साथ यो दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदै छ ।

संयुक्त राष्ट्रसंघको आह्वानमा यो दिवस मनाउन प्रारम्भ भएको आज चौथो वर्ष हो । राष्ट्रसंघको प्रधानकार्यालयका साथै विश्वका अन्य मुलुकस्थित राष्ट्रसंघीय कार्यालय, अन्तरसरकारी संस्था, नागरिक समाज, धार्मिक क्षेत्रका अगुवा, निजी क्षेत्र, शैक्षिक संस्था र सञ्चारमाध्यमका प्रतिनिधिसहित सरोकार भएका सबैले एकत्रित भएर हिंसात्मक उग्रवादको रोकथामका निम्ति ऐक्यबद्धता प्रकट गर्नेछन् ।

आतंकवाद र हिंसात्मक उग्रवादलाई कुनै धर्म, राष्ट्रियता, सभ्यता वा जातीय समूहसँग जोड्न नहुनेमा जोड दिँदै राष्ट्रसंघले हिंसात्मक उग्रवाद रोक्न विश्व समुदायबीच समन्वय बढाउन आग्रह गरेको छ ।
साथै उक्त विश्व संस्थाले संवाद, साझेदारी र समुदायको नेतृत्वमा आधारित समाधानमार्फत हिंसात्मक उग्रवादका मूल कारणहरू पहिचान गरी रोकथामको प्रयास हुनुपर्ने बताएको छ ।

दीर्घकालीन शान्ति र स्थायित्वका लागि केवल सुरक्षात्मक उपाय मात्र पर्याप्त नभएकाले सामाजिक, आर्थिक र वैचारिक पक्षलाई पनि ख्याल गर्न अपरिहार्य भएको जनाएको छ । यो दिवसका अवसरमा राष्ट्रसंघले विश्वभरका नागरिक र संस्थाहरूलाई साझा जिम्मेवारी र सहकार्यमा आबद्ध हुन आह्वान पनि गरेको छ ।