२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टि-२० विश्वकप : रोमाञ्चक खेलमा इंग्ल्याण्डसँग नेपाल ४ रनले पराजित

अ+ अ-

काठमाडौँ । आइसीसी टी-२० विश्वकप २०२६ को पहिलो खेलमा नेपाल इङ्ल्यान्डसँग ४ रनले पराजित भएको छ।  मुम्बईको वाङ्खेडे स्टेडियममा भएको खेलमा अन्तिम ओभरमा १० रन चाहिँदा नेपालले ५ रनमात्रै जोड्न सक्यो। 

इङ्ल्यान्डले दिएको १८५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको हो। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४४ रन बनाए। उनले २९ बलमा ६ चौका र १ छक्का प्रहार गरे। उनले कप्तान रोहित पौडेलसँग ८२ रनको साझेदारी गरेका थिए। 

ओपनर कुशल भुर्तेल २९ रनमा कट एण्ड बोल्ड भएका थिए। उनलाई विल ज्याक्सले कट एण्ड बोल्ड गराएका थिए। नेपालले पावरप्लेमा २ ओपनर गुमाउँदै ४७ रन बनाएको थियो। १० ओभरमा नेपालले २ विकेटको क्षतिमा ८५ रन बनाएको थियो। यति बेलासम्म नेपाल इङ्ल्यान्डभन्दा अगाडि रहेको थियो। बीचमा रोहित र दीपेन्द्रले क्रिज सम्हाल्दा एक समय १२४ मा तेस्रो विकेट गुमाएको नेपालले खेल जित्छ भन्नेसम्म पुगेको थियो।

१८औँ ओभरमा लोकेश बमले हानेको २ छक्काले खेल नेपालको पक्षमा पुर्‍याएको थियो। लोकेश बम ३९ र करण केसी १ रनमा अविजित रहे। इङ्ल्यान्डका लागि लियम डाउसनले सर्वाधिक २ विकेट लिए। लुक वसड, जोफ्रा आर्चर, विल ज्याक्स र साम करनले १-१ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको हो। इङ्ल्यान्डका लागि ज्याकोब बेथेलले सर्वाधिक ५५ रन बनाए । उनले ३५ बलमा समान ४चौका र ४ छक्का प्रहार गरे। उनले कप्तान ह्यारी ब्रुकसँग ७१ रनको साझेदारी गरेका थिए।  

पावरप्ले सकिँदा इङ्ल्यान्डले २ विकेटको क्षतिमा ५७ रन बनाएको थियो। नेपालका लागि पहिलो विकेट शेर मल्लले लिएका थिए। उनले दोस्रो ओभरको पहिलो बलमा नेपालका लागि पहिलो विकेट लिएका हुन्। उनले ओपनर फिल साल्टलाई क्याच आउट गराएका थिए। नेपालको लागि ५३औँ खेलाडीको रूपमा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका उनले पहिलो बलमा नै विकेट लिएका हुन्। 

दोस्रो विकेट मध्यम गतिका बलर नन्दन यादवले लिए। उनले अर्का ओपनर जोस बट्लरलाई २६ रनमा विकेटकिपर आसिफ शेखको हातमा क्याच गराएका थिए। पावरप्ले सकिँदा इङ्ल्यान्डले दुवै ओपनरको विकेट गुमाएको थियो। 

१० ओभरको खेल सकिँदा इङ्ल्यान्डले ३ विकेटको क्षतीमा ८४ रन बनाएको थियो। ११।२ ओभरमा ३ विकेटको क्षतीमा इङ्ल्यान्डले १०० रन पूरा गरेको हो। अर्धशतकभन्दा लामो ज्याकोब बेथ र ह्यारी ब्रुकको साझेदारी दिपेन्द्र सिंह ऐरीले तोडेका हुन्। १३.४ ओभरमा दीपेन्द्रले ज्याकोब बेथलाई ५५ रनमा लोकेश बमको हातमा क्याच गराए। 

पाँचौँ विकेटको रूपमा इङ्ल्यान्डले साम करन २ रनमा बोल्ड भए। उनलाई दिपेन्द्र सिंह ऐरीले बोल्ड गरे। छैटौँ विकेट कप्तान ह्यारी ब्रुकको गयो। उनले ३२ बलमा ४ चौका र ३ छक्कासहित ५३ रन बनाउँदै नन्दन यादवको बलमा शेर मल्लको हातमा क्याच भए। जोफ्रा आर्चर १ रनमा रनआउट भए। विल ज्याक्स र लियम डाउसन क्रमशः ३९ र शुन्यमा अविजित रहे।

नेपालको लागि दिपेन्द्र सिंह ऐरी र नन्दन यादवले २-२ विकेट लिए। शेर मल्ल र सन्दीप लामछानेले १-१ विकेट लिए। नेपालले समूह चरणको दोस्रो खेल फेब्रुअरी १२ मा इटालीसँग यही मैदानमा खेल्नेछ।