२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इस्लामावादको मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो

अ+ अ-

काठमाडौँ । इस्लामावादको एक शिया मस्जिदमा इस्लामिक स्टेट समूह (आईएस) ले दाबी गरेको आत्मघाती विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३१ जना पुगेको छ भने १६९ जना घाइते भएका छन् ।

अधिकारीहरूले घटनाको पुष्टि गर्दै धेरै घाइतेहरूको गम्भिर अवस्थामा उपचार भइरहेकाले  मृतकको सङ्ख्या अझै बढ्ने अनुमान गरेका छन् ।

देशभरका मस्जिदहरू उपासकहरूले भरिएर प्रार्थना गरिरहेको समयमा विस्फोट भएको एक सुरक्षा स्रोतलाई उदृत गर्दै एएफपीले जनाएको छ ।

जिहादी सञ्चारको निगरानी गर्ने साइट इन्टेलिजेन्स ग्रुपका अनुसार आइएसले आतंककरीले मण्डलीलाई लक्षित गरी गरेको विस्फोटमा ठूलो मानवीय क्षति भएको बताएको छ ।

प्रधानमन्त्री शाहबाज सरिफले विस्फोटमा संलग्नहरूको अनुसन्धान गरी न्याय दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

यस अघि सन् २००८ सेप्टेम्बर पछि पाँच तारे मारिअट होटेलको केही भाग ध्वस्त पारिएको आत्मघाती ट्रक बम विस्फोटमा ६० जनाको मृत्यु भएको थियो ।

चिकित्सक र दर्शकहरूले पीडितहरूलाई एम्बुलेन्स र सवारी साधनबाट रगतले भिजेका लुगाहरू निकाल्न मद्दत गरेको तथा घाइतेका साथीहरू र आफन्तहरूलाई भेट्न कुदिरहेको भिडियो सार्वजनिक भएको छ ।

एएफपीले अर्को टोलीले मस्जिद बाहिर सशस्त्र सुरक्षा बलहरूले रगतमा डुबेका मानिसहरुको उद्धार गर्दै  गरेको  देखाएको छ । 

सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भिडीयोले मस्जिदको अगाडिको गेट नजिकै धेरै शवहरू देखाएको छ भने मानिस र भग्नावशेष पनि रातो गलैँचा भएको प्रार्थना हलमा छरिएका थिए ।

उप–प्रधानमन्त्री इशाक दारले उक्त आक्रमणलाई मानवता विरुद्धको जघन्य अपराध र इस्लामिक सिद्धान्तको खुल्लमखुल्ला उलंघन भएको बताएका छन् ।  पाकिस्तान सबै प्रकारका आतंकविरुद्ध एकजुट भएर उभिएको उनले सामाजिक सञ्जाल एक्सको एक पोस्टमा मार्फत जनाएका छन् । 

उनका प्रवक्ताका अनुसार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नागरिक र पूजास्थलहरू विरुद्धको आक्रमण अस्वीकार्य भएको बताएका छन् । 

बढ्दो विद्रोहको विच पाकिस्तानको सुरक्षा बलले अफगानिस्तानको सिमानामा रहेका दक्षिणी र उत्तरी प्रान्तहरूमा विद्रोहलाई तीव्र बनाउँदै गर्दा यो आक्रमण भएको हो ।

सुन्नी बहुल राष्ट्र पाकिस्तानमा सियाहरू जनसङ्ख्याको १० देखि १५ प्रतिशतको बीचमा छन्  भने उनीहरुको बसोबास क्षेत्र लक्षित आक्रमणहरू पटक पटक हुने गरेका छन् ।

इस्लामाबादले दक्षिणी बलुचिस्तानका पृथकतावादी सशस्त्र समूहहरू र पाकिस्तानी तालिबान र इस्लामाबाद नजिकैको उत्तरी खैबर पख्तुनख्वा प्रान्तका अन्य इस्लामवादी उग्रवादीहरूले आक्रमण गर्न अफगान क्षेत्रलाई सुरक्षित आश्रयको रूपमा प्रयोग गरेको बताएको छ ।

अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानको आरोपलाई बारम्बार अस्वीकार गरेको छ ।

सीमामा दुवै पक्षका सेनाहरू नियमित रूपमा भिडन्त हुँदै जाँदा द्विपक्षीय सम्बन्ध खस्केको जनाइएको छ ।

 यस अघि नोभेम्बरमा इस्लामाबादको अदालत बाहिर भएको आत्मघाती विस्फोटमा १२ जनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए । 

 बलुचिस्तानमा गत हप्ता पृथकतावादी विद्रोहीहरूले दाबी गरेको आक्रमणमा ३६ जना सर्वसाधारण र २२ जना सुरक्षाकर्मीको मृत्यु भएको थियो भने प्रति–कारबाहीमा सुरक्षा बलले लगभग २०० जना आतंककारीहरूलाई मारेको बताएका थिए ।