२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभाबाट  पारित

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ पारित भएको छ ।

सभाको आजको बैठकमा प्रधानमन्त्री एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुशीला कार्कीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले राखेको उक्त ‘विधेयक पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो ।

त्यसअघि बैठकमा प्रधानमन्त्री तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कार्कीका तर्फबाट कानुन मन्त्री सिन्हाले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित उक्त विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्ताव सभाको सर्वसम्मतिबाट स्वीकृत भएको थियो ।

उक्त प्रस्तावमाथिको छलफलमा सांसदहरू वेदुराम भुसाल, सुमित्रा विसी र रुक्मिणी कोइरालाले भाग लिएका थिए । उक्त छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री सिन्हाले अनुसन्धानलगायत विभिन्न आयामलाई सम्बोधन गर्न उक्त ऐनको आवश्यकता भएको स्पष्ट पारेका छन् ।

राष्ट्रिय सभाको अर्को बैठक यही माघ २६ गते सोमबार अपराह्न १:१५ बजे बस्नेछ ।