२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महोत्तरी-४ मा स्वास्थ्य, शिक्षा र विकास नै मतदाताको मुख्य चासो

अ+ अ-

महोत्तरी । प्रतिनिधि सभा निर्वाचन क्षेत्र-४मा चुनावी चर्चा चुलिएको छ । उम्मेदवारसँगै राजनीतिक दलका कार्यकर्ता गाउँबस्ती पुगेर मत माग्न व्यस्त छन् ।

दक्षिणी सीमा भारत र पश्चिममा सर्लाही जिल्ला पर्ने यस क्षेत्रका मतदाता विकासका दृष्टिले धेरै पछाडि छ । यहाँका बासिन्दाले स्वास्थ्य सेवाका निम्ति भारत जानुपर्ने बाध्यता छ ।

“कोही बिरामी परेमा भारतीय मुद्रा साट्न दौडनुपर्छ, बिरामी हुँदा सीतामढी पुग्नुपर्ने बाध्यता छ”, सम्सी गाउँपालिका–६ का ३५ वर्षीय इम्तियाज अहमद दुखेसो गर्छन् ।

जिल्लाको दक्षिणपश्चिममा पर्ने सोनमा गाउँपालिका, सम्सी गाउँपालिका र रामगोपालपुर नगरपालिकाका अधिकांश बस्तीहरूमा स्वास्थ्यचौकी र प्राथमिक स्वास्थ्य केन्द्रले भरपर्दो सेवा नदिँदा बिरामी भारत जान बाध्य हुन्छन् । सम्सी–६ का ४० वर्षीय शेष सौरात भन्छन्, “मान्छेको स्वास्थ्य उपचारसँग जोडिने विषय चुनावमा पर्याप्त महत्व पाएको छैन ।”

क्षेत्रको पूर्वी भेगमा पर्ने रामगोपालपुर, मनराशिशवा र औरहीकाभन्दा सम्सी र सोनमाका बासिन्दाका पीडा बढी सुनिन्छन् । सोनमा–३ का रामकलेवर यादव भन्छन्, “यहाँ स्तरीय न अस्पताल छन्, न गुणस्तरीय शिक्षाको व्यवस्था छ । बर्खामा मडहा र हर्दी नदीले कटान बढाउँछन्, जागै रात बिताउनुपर्छ ।”

यहाँका किसान अकासे खेतीमा निर्भर छन् । सोनमा–२ का सामाजिक–राजनीतिक कार्यकर्ता मदन साह “गाउँमा पूर्व–पश्चिम दुवैतिर नदी छन्, तर सिँचाइको व्यवस्था छैन । नदी वरदान हुनुपर्नेमा अभिशाप बनेका छन् ”, भन्छन् ।

मतका निम्ति घरदैलो गरिरहेका उम्मेदवारहरू सुविधासम्पन्न अस्पताल, गुणस्तरीय विद्यालय, नदीमा पक्की तटबन्ध र कुलो खन्नेसम्मका आश्वासन दिन थालेका छन् । सोनमा–६ का रामप्रताप यादव “हामी यसपालि स्पष्ट योजनाबिना विश्वास गर्दैनौँ । विकासको दूरदृष्टिसहितका योजना देखाउने उम्मेदवारले मात्र हाम्रो मत पाउनेछ ।”

यो क्षेत्रमा १३ राजनीतिक दलका र २३ स्वतन्त्र उम्मेदवार छन् । राजनीतिक दलका चार र तीन स्वतन्त्र सहित सात महिला उम्मेदवार छन् । नेकपा (एमाले), नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीका उम्मेदवार दलगत प्रतिस्पर्धामा छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, मङ्गोल नेशनल अर्गनाइजेसन, नेकपा संयुक्त, उज्यालो नेपाल पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, आम जनता पार्टी र जनता लोकतान्त्रिक पार्टीका उम्मेदवार पनि मैदानमा छन् ।