२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रत्येक नेपालीको जीवनमा आनन्द, शान्ति र समृद्धि होस्’ : उपराष्ट्रपति यादव

अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले प्रत्येक नेपालीको जीवनमा आनन्द, शान्ति र समृद्धिको कामना गरेका छन्  । हरेक वर्ष माघ शुक्लपक्ष पञ्चमीका दिन उल्लासपूर्वक मनाइने वसन्त पञ्चमी तथा सरस्वती पूजाको शुभ अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन् । 

उनले भनेका छन्, “नेपालको गणतन्त्रात्मक संविधानले बहुजाति, बहुभाषा, बहुसंस्कृति र विविध वेशभूषालाई संरक्षण गर्दै राष्ट्रिय एकतालाई बलियो बनाएको छ, वसन्त पञ्चमीले आपसी वैमनस्यता विसर्जन गरी सहकार्य, सद्भाव र ज्ञानमार्गमा अघि बढ्न सबैलाई प्रेरित गर्दछ, वसन्त पञ्चमीले प्रेम, मेलमिलाप र एकताको भावना प्रवर्द्धन गर्दै सकारात्मक सोच, ऊर्जाशील जीवनशैली र नयाँ खोजतर्फ अग्रसर हुन सबैलाई प्रेरित गरोस्, पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

उपराष्ट्रपति यादवले वसन्त पञ्चमीको अर्को विशेषता यसको सर्वधर्म स्वीकार्यता भएको उल्लेख गर्दै हिन्दू धर्मावलम्बीहरूले देवी सरस्वतीको पूजा गर्ने, बौद्ध धर्मावलम्बीहरूले मञ्जुश्रीको आराधना गर्ने, मुस्लिम समुदायले सुफी वसन्तका रूपमा मनाउने परम्परा यस पर्वलाई बहुधार्मिक उत्सवका रूपमा स्थापित गर्ने पनि बताएका छन् । 

विद्या, विवेक, कला र सङ्गीतकी अधिष्ठात्री देवी सरस्वतीको आराधना गर्ने परम्परा यस पर्वको मूल सार भएको बताउँदै उनले भनेका छन्, “शैक्षिक संस्थानहरूमा साङ्गीतिक कार्यक्रम तथा पूजाअर्चना गरिनुले ज्ञान र संस्कृतिप्रति सम्मान प्रकट गर्नु हो, यस दिन पुस्तक, कलम, वाद्ययन्त्र आदिको पूजा गर्ने परम्पराले अध्ययन–अभ्यासमा प्रयोग हुने साधनलाई आदर गर्नुपर्ने सन्देश दिन्छ, अभिभावकहरूले बालबालिकाको अक्षरारम्भ गर्ने परम्परा पनि यस पर्वको विशेषता हो ।”

देशभरका सरस्वती मन्दिरहरूमा मेला लाग्ने, सार्वजनिक पण्डालमा सामूहिक पूजा गर्ने, भजनकीर्तन तथा वसन्त श्रवण गरिनुले हाम्रो मौलिक परम्परा र सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान पुग्ने विश्वास गर्दै उनले देवी सरस्वतीको प्रतिमाको विसर्जनसँगै हुने धार्मिक झाँकीहरूले मौलिक संस्कृतिको जगेर्ना गर्न प्रेरणा दिने बताएका छन् । 

शुभकामना सन्देशमा भनिएको छ, “यस पर्वलाई श्रीपञ्चमीका रूपमा पनि मनाइन्छ, जसले कृषिसँग सम्बन्ध जोडेको छ, मधेसमा हलो पूजा गर्ने तथा कृषिश्रमिकलाई सम्मान गर्ने परम्परा मौलिक संस्कृतिको जीवन्त उदाहरण हुन्, आधुनिकताले केही परम्परा कमजोर भए पनि यसको पुनर्जीवन आवश्यक छ, किनभने कृषि हाम्रो अर्थतन्त्रको मेरुदण्ड हो ।”