काठमाडौँ । जेन जेड आन्दोलनपछि नै दोस्रो पटक पक्राउ परेका अर्जुन शाहीमाथि बैंकिङ कसुर र ठगीको कसुरमा म्याद लिने तयारी प्रहरीले अघि बढाएको छ ।
प्रहरी वृत्त सिंहदरवारको हिरासतमा राखिएका शाहीमाथि एक व्यक्तिको आठ तोला बराबरको सुन ठगी गरेको र ११ लाख रुपैयाँको बैंकिङ कसुरमा म्याद लिएर अनुसन्धान गर्न लागिएको हो ।
अहिले ठगी र बैंकिङ कसुर गरी दुई कसुरमा पक्राउ पुर्जी जारी भएको छ । सोही अनुसार आज दुई कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ ।
आफूलाई जेन जेड भन्दै सरकारी कर्मचारीलाई धम्क्याउने शाही बुधबार साँझ ठमेलस्थित कालधाराबाट पक्राउ गरेका थिए ।







